• गै‌ंडा संरक्षकभन्दा तस्कर बलिया

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+
    बैशाख ९, २०७४ काठमाडौं : नेपाली सेना, निकुञ्जका र्कचारी र समुदायको २४सै घण्टा निगरानी भएकै स्थानमा एकसिंगे गैंडा मारिनुले संरक्षणकर्मी र सेनाभन्दा तस्कर ‘एक कदम अगाडि’ रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ। ‘रातदिन गस्ती भएकै ठाउ“मा गैंडा मार्न आउनु सरासर एम्बुसमा पर्नुजस्तै हो’, गैंडा सिकारको अध्ययन गर्न वन मन्त्रालयद्वारा गठित कार्यदकका संयोजक तथा निकुञ्ज विभागका उपमहानिर्देशक शेरसिंह ठगुन्नाले भने, ‘ यसले तस्कर निकुञ्जभन्दा बलिया, दक्ष र सशक्त छन् भन्ने पुष्टि भएको छ छ।’ चैत २६ गते राति चितवन निकुञ्जअन्तर्गत बेलहट्ठी हरियाली मध्यवर्ती सामुदायिक वनमा मारिएको वयक भाले गैंडाबारे अध्ययन गर्न मन्त्रालयले उपमहानिर्देशक ठगुन्नाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो।

    ‘निकुञ्जको क्षेत्र, गैंडा गस्ती, पानीको घोल, गैंडा आउजाउबारे ज्ञान भएका, जोखिम मोल्न सक्ने र दक्ष व्यक्तिले नै गैंडा मारेको हाम्रो ठम्याइ छ’, स्थलगत अध्ययन गरी फर्किएका ठगुन्नाले भने, ‘यसले हाम्रो गस्ती र संरक्षण प्रणाली मजबुत छैन भन्ने संकेत दिएको छ।’ उनका अनुार घटनास्थल निकुञ्जको मुख्यालय कसराबाट साढे दुई किलोमिटर दूरीमा पर्छ। कसरामा निकुञ्ज सुरक्षार्थ सेनाको एउटा गण नै तैनाथ छ, भने निकुञ्जभित्र ५७ पोस्ट छन्। त्यसमा सेना र निकुञ्जको टोली तैनाथ रहन्छ। घटनास्थलबाट सबभन्दा नजिक ‘ध्रुबा’ पोस्ट छ। उक्त पोस्टमा सेना र निकुञ्जको संयुक्त टोली तैनाथ रहन्छ। तैपनि एकसिंगे गैंडा तस्करको निशानामा परेको कसैले थाहा पाएनन्। ‘बढीमा २०\२५ मिटरको दूरीबाट गोली हानेको हुनुपर्छ’, ठगुन्नाले भने, ‘त्यसैले आवाज आएन, क्षणभरमै खाग काटेर लान पनि (तस्कर)सफल भए।’ घटनास्थल बस्तीबाट ५\६ किलोमिटरको दूरीमा पर्छ। संयोग के भने त्यही ठाउँभन्दा १२ सय मिटर दूरीको दोभान मध्यवर्ती सामुदायिक वनमा २०७१ को वैशाख १९ मापनि तस्करले एउटा गैंडा मारेका थिए। त्यसयता चितवन निकुञ्जमा गैंडा मारिएको थिएन। त्यसैले सरकारले दुई वर्षदेखि वैशाख २० मा‘शून्य चोरी वर्ष’ मनाउने गरेको थियो। यो वैशाख २० गते त्यसको तेस्रो संस्करण मनाउने तयारी थियो।
  • No Comment to " गै‌ंडा संरक्षकभन्दा तस्कर बलिया "