• ट्राफिकको निगरानीमा चालक र पैदलयात्री

    Reporter: EduDainik
    Published: Tuesday, April 25, 2017
    A- A+
    बैशाख १३, २०७४ काठमाडौं : जेब्रा क्रसबाट बाटो काट्ने क्रममा आइतबार अनामनगरमा पूर्वर्गहसचिव पदमराज सुवेदीको मृत्यु भयो। ब७९प ४३९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७९ वर्षीय सुवेदीको मृत्यु भएको हो। उनलाई माइतीघरस्थित न्युरो अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरे। मोटरसाइकल चालक विवेक बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी गत वर्ष तीनकुनेबाट बबरमहलतर्फ गइरहेको ना५ख २६१८ नम्बरको ट्रिपरले ठक्कर दिँदा नयाँबानेश्वर चोकमा ७३ वर्षीया लक्ष्मी रेग्मीको ज्यान गयो। सडकछेउ हिँडिरहेकी उनी चालकको लापरवाहीले गर्दा दुर्घटनामा परिन्। गत वर्ष अर्जुन सेवाले चलाएको माइक्रोबसले किच्दा महाराजगञ्जस्थित कान्ति बाल अस्पताल बाटो छेउ हिँडिरहेका चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो। बा१य ४३ नम्बरको पर्यटक बोक्ने हरियो प्लेटको माइक्रो बसको ब्रेक फेल हुँदा उनीहरूलाई किच्यो। 
    यसरी चालक र यात्रुको लापरबाहीले सबारी दुर्घटना बढेपछि काठमाडौं उपत्यका ट्राफिक महाशाखाले आगामी जेठदेखि सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा कडाइ गर्ने भएको छ। महाशाखाका डीआइजी मिङ्मार लामाले जेब्रा क्रसिङमा गाडी नरोक्ने चालक, फुटपाथबाट नहिँड्ने र जेब्रा क्रसिङबाट सडक नकाट्ने पैदलयात्रीलाई कडा कारबाही गर्ने तयारी भइरहेको बताए। ‘यहाँ चालक पनि अराजक किसिमले हाँक्छन्’, यनले भने, ‘पैदलयात्री वनि सजग छैनन्। अब दुबै पक्षलाई कारबाही गर्नुपर्छ।’ पहिलो चरणमा जनचेतनामूलक अभियान चलाउने भन्दै फुटपाथ प्रयोग नगर्ने, जेब्रा क्रसिङ प्रयोग नगर्ने व्यक्तिले २ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। ट्राफिक संकेत उल्लंघन, जथाभावी पार्किङ, निषेधित क्षेत्रमा हर्न बजाए, जथाभावी रूपमा सवारीसाधान तोडफोड गरे, गलत दिशाबाट चलाए, ठीक अवस्था नभएको सवारीसाधन चलाए, निर्धारित गतिभन्दा बढीमा चलाए ५० देखि १०० रुपैयाँसम्म जरिवाना हुनेछ। साथै एक सयदेखि २ सय जरिवानाको साटो ५ देखि १५ सय रुपैयाँमा जरिवाना तिर्नुपर्नेछ। राति बत्ती नबाली चलाए, मादक पदार्थ सेवन गरी चलाए, अरुलाई बाधा पुग्नेगरी सार्वजनिक स्थलमा पार्किङ गरे, निषेधित क्षेत्रमा चलाए ५ सयदेखि एक हजार र १५ सय रुपैयाँसम्म जरिवान तिर्नुपर्नेछ।
    SOurce: Thahakhabar

    Subjects:

  • No Comment to " ट्राफिकको निगरानीमा चालक र पैदलयात्री "