• अमेरिकालाई दवाब दिन उत्तर कोरियाको शक्ति प्रदर्शन

    Reporter: Becoming Kishor
    Published: Wednesday, April 26, 2017
    A- A+
    एजेन्सी, १३ वैशाख । उत्तर कोरिया र अमेरिकाले निरन्तर आफ्नो सैन्य शक्ति थप बलियो बनाइरहँदा कतै किम जोङ–उनले आणविक हतियारले आक्रमण गरी तेस्रो विश्वयुद्ध निम्त्याउने त होइनन् भन्ने डर विश्वभर छाएको छ ।

    मंगलबार किमले गरेको ठुलो सैनिक प्रदर्शनले पनि अमेरिकालाई थप तनाब दिएको छ । उत्तर कोरियाको चुनौती बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले एउटा शक्तिशाली पनडुब्बी दक्षिण कोरिया समेत पठाएका छन् ।

    उत्तर कोरियाले चुनौति दिदै अमेरिकाको हरेक उत्सुकताको जबाफ दिन आफुहरु तयार रहेको बताएको छ । यसलाई आधार मानेर कतिपय विश्लेषकहरुले किमले आणविक हतियार परिक्षण गरिरहेको समेत बताएका छन्।

    अमेरिकाले अनआम्र्ड अन्तर महादेशिय बेलिस्टिक मिसाइल परिक्षण गरेको छ । यसको प्रभाव, तयारी र योग्यताहरु हेरिएको मिडिया रिपोर्टमा उल्लेख छ । यसको क्षमता ५५०० किलोमिटर परसम्म हान्न सक्ने रहेको तथा गति १४,५०० एमपिएच रहेको छ । उत्तर कोरिया अमेरिकादेखि ८००० किलोमिटर पर रहेको छ ।

  • No Comment to " अमेरिकालाई दवाब दिन उत्तर कोरियाको शक्ति प्रदर्शन "