• ‘वान–बुथ सय युथ’ परिचालन गर्ने वाइसिएलको निर्णय

    Reporter: Becoming Kishor
    Published: Wednesday, April 19, 2017
    A- A+
    काठमाडौं, ७ वैशाख । माओवादी केन्द्रको युवा संगठन वाइसिएलले चुनावमा एउटा बुथमा एक सय जना वाइसिएल परिचालन गर्ने निर्णय गरेको छ । वाइसिएल केन्द्रीय कार्यालयको बुधवार बसेको बैठकले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा बुथ, पार्टीका मतदाता तथा उम्मेदवारको सुरक्षालाई ध्यान दिदै ‘वान–बुथ सय युथ’ परिचालन गर्ने निर्णय गरेको हो ।
    त्यस्तै गाउँ–गाउँमा सरकार घरघरमा रोजगार भन्ने मूल नारासहित संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा १ हजार ५ सय ५५ सदस्यीय युवा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।
    वैशाख १३ गते ७५ वटै जिल्लामा चुनाव प्रचारलाइ ध्यान दिँदै आ–आफ्नो सापेक्षतामा युवा मार्चपासु गर्ने निर्णय भएको वाइसिएलले जनाएको छ ।
    त्यस्तै वैशाख ९, १० र ११ गते गर्ने निर्णय भएको एकताको सम्मेलन चुनावको कारण जेठ १५,१६ र १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ

    Subjects:

  • No Comment to " ‘वान–बुथ सय युथ’ परिचालन गर्ने वाइसिएलको निर्णय "