• चम्ल्याहालाई भर्ना लिन चर्चित विश्वविद्यालयबीच यस्तो हानथाप

    Reporter: Becoming Kishor
    Published: Friday, April 21, 2017
    A- A+
    विख्यात कलेजमा भर्ना हुन पाउनु तीक्ष्ण विद्यार्थीका लागि पनि चुनौतीको कुरा हो। तर अमेरिकाको ओहायोका चम्ल्याहा दाजुभाइलाई हार्वार्ड, यलजस्ता विख्यात कलेजहरुले भर्ना लिन स्वीकार गरेका छन्।

    आरोन, निक, नाइजल र जेचरी वेड नामक यी चम्ल्याहा दाजुभाइ सिनसिनाटी सहरको बाहिरी भाग लिबर्टी टाउनसिपका हुन्। हालै यल, हार्वार्डसहित स्ट्यानफोर्ड, जर्जटाउन, ड्युक, कोर्नेललगायतका विश्वविद्यालयले उनीहरुको आवेदन स्वीकार गर्दै पत्र पठाएका छन्।


    कक्षा २०२१ का लागि यल विश्वविद्यालयले ३२ हजार नौ सय आवेदनकर्तामध्ये दुई हजार २७२ लाई मात्र स्वीकार गरेको थियो। त्यस्तै ३९ हजार ५०६ आवेदनकर्तामध्ये हार्वार्डले दुई हजार ५६ लाई मात्र स्वीकृत गरेको थियो। यस्तो चारै चम्ल्याहा दाजुभाइले ठूला विश्वविद्यालयमा भर्ना पाउनुलाई आश्चर्यका रुपमा हेरिएको छ।

    यी विश्वविद्यालयमा भर्ना पाउनका लागि आवेदनका साथमा चारै दाजुभाइले चम्ल्याहा हुनुको अनुभव समेटेर छुट्टाछुट्टै निबन्ध पनि लेखी पठाएका थिए।

    ‘फन्टास्टिक फोर’ उपनाम कमाएका यी दाजुभाइ भने यो सफलताको श्रेय आफ्ना आमाबाबु डारिन र किम वेड तथा आफू पढेको लाकोटा इस्ट हाइस्कुलका शिक्षकहरुलाई दिन्छन्।

    यी दाजुभाइले अहिले नै कुन विश्वविद्यालयमा जाने भन्ने निर्णय गरिसकेका छैनन्। तर आरोन भने स्ट्यानफोर्ड जान चाहिरहेका छन्। उनका अरु दाजुभाइ भने यल जानेबारे सोचिरहेका छन्। यो कुरा उनीहरुले प्राप्त गर्ने आर्थिक सहयोगहरुमा पनि निर्भर हुने बताइएको छ। ‘आइभी लीग’ भनिने यी साम्भ्रान्त कलेजहरुको शुल्क निकै महंगो छ।

    ‘चम्ल्याहा बाउ’ उपनाम पाएका उनीहरुका पिता यो सफलताको कुनै ठूलो रहस्य नभएको बताउँछन्, ‘औसत दर्जाको बन्न को चाहन्छ?’  एजेन्सी

    Subjects:

  • No Comment to " चम्ल्याहालाई भर्ना लिन चर्चित विश्वविद्यालयबीच यस्तो हानथाप "