• दुई हप्ताको सुत्केरी महिला बच्चा च्यापेर भोट माग्दै गाउँ–गाउँमा

    Reporter: EduDainik
    Published: Wednesday, April 19, 2017
    A- A+
    दमक, ७ वैशाख । झापाको दमकमा एकीकृत नेकपा माआवादीले आक्रमक रुपमा चुनावको प्रचारप्रसार गरिरहेको छ । विभिन्न साँस्कृतिक कार्यक्रमदेखि लिएर घरदैलोसम्म धमाधम गरिरहेको छ । उम्मेदवारहरु उत्साहित भएर प्रचारप्रसार र मतमाग्ने काममा ब्यस्त रहेको पाईएको छ ।
    दमक नगरपालिका वडा नं ५ मा दलित महिला कोटाको सदस्य उम्मेदवार बन्नु भएकी बिमला सुन्दास दुई हप्ताको बच्चा च्यापेर मत माग्दै हिडेकि छिन् । घरदैलो र पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा उनी भोट माग्नका लागि हिडेकी हुन् । सुन्दासले यस्तो अवसर फेरि नआउने भएकाले आफू चुनावी प्रचारमा हिडेको बताइन ।
    आजको गोरखापत्रमा खबर छ–आफ्नो र बच्चाको स्वास्थ्य राम्रो भएको र अप्ठेरो नलागेको उनको भनाइ रहेको छ । पार्टीका सबैजना भोट माग्न हिडेको देख्दा आफूलाइ घरमा बसिरहन मन नलागेको र आफू पनि हिडेको उनको भनाई रहेको छ । भोट माग्ने क्रममा उपस्थिति हुदा उनको बिषयमा चासो राख्नेहरु धेरै भेटिएको बताइन्छ ।
    माओवादी केन्द्रका दमक नगर सहइन्चार्ज बेदु गौतमका अनुसार सुत्केरी सुन्दासलाई स्वास्थ्य समस्या भए कार्यक्रममा सहभागिता नजनाउन आग्रह गरिएपनि आफै उत्साहित भएर मत माग्नका लागि हिडेको बताउछिन् । उनी सहितका उम्मेद्वारहरु उत्साहका साथ अहिले मत मागिरहेको गौतमले बताए ।
  • No Comment to " दुई हप्ताको सुत्केरी महिला बच्चा च्यापेर भोट माग्दै गाउँ–गाउँमा "