• धनगढी प्रिमियर लिग : चौराहा र विराटनगर उपाधिका लागि खेल्न तयार

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+
    काठमाडौं । धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ ।

    अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार ११ बजे सुरु हुने फाइनलमा पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढी र शरद भेषवाकरको कप्तानीमा रहेको विराटनगर किङ्स भिड्दै छन् । र, दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । फइनल खेल अघि शुक्रबार प्रि म्याच कन्फरेन्समा दुवै टोलीका कप्तानहरुले राम्रो खेल खेल्दै उपाधि जित्ने दाबी गरे ।

    स्थानीय टोलीको प्रतिनिधित्व समेत गर्ने टोली टिम चौराहा धनगढीका कप्तान पारस खड्काले शनिबार हुने फाइनल रोमान्चक हुने र उत्कृष्ट ब्याटिङ्ग गर्दै उपाधि जित्ने लक्ष्य लिएको बताए । 
    “प्रतियोगितामा सबै टोलीका बलरहरुले राम्रो प्रदर्शन गरे । ब्याटस्म्यानहरुले सोचेअनुसार खेल्न सकेका छैनन्,” कप्तान पारसले भने, “फाइनलमा ब्याटिङमा उत्कृष्ट गर्ने टोलीको जित हुन्छ । हामी त्यही योजनाका साथ मैदान उत्रनेछौं ।

    सुरुवाती ३ खेल गुमाएको पारसको टिम चौराहाले लिग चरणका अन्तिम २ खेल जित्दै प्लेअफमा मुश्किलले स्थान बनाएको थियो । तर, त्यसपछि लगातार दुई जित निकाल्दै चौराहा फाइनल पुगेको हो । एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको चौराहाले दोश्रो क्वालिफायरमा रुपन्देहीलाई ९२ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
    यता, शरदको कप्तानीमा रहेको विराटनगरले लिगको दोस्रो स्थानमा रहँदै प्ले अफमा स्थान बनाएको थियो । र, पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनको अन्तरले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको थियो । 
    यस्तै लिग चरणको खेलमा विराटनगरले चौरहालाई २३ रनले पराजित गरेको थियो । त्यसकारण पनि विराटनगरका कप्तान शरद उपाधि जित्नेमा ढुक्क छन् । “पिच कन्डिसन जस्तो भए पनि फाइनल स्पर्धा रोमाञ्चक हुने छ । दुवै उत्कृष्ट खेलेकै कारण फाइनलमा पुगेका हुन्,” शरदले भने, “हामीले लिग चरणदेखि नै राम्रो खेल्दै आएका छौं । मलाई लाग्छ, हामीले फाइनलमा त्यो लयलाई कायम राख्नेछांै ।”
    धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनमा भएको एस चौथो संस्करणको विजेताले ट्रफी तथा १५ लाख नगद पाउनेछ । त्यस्तै उप–विजेताले भने ७ लाख पाउनेछ । प्रतियोगिताको म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

    Subjects:

  • No Comment to " धनगढी प्रिमियर लिग : चौराहा र विराटनगर उपाधिका लागि खेल्न तयार "