• मुटु स्वस्थ राख्न यस्ता आहार खानुस्

    Reporter: EduDainik
    Published: Wednesday, April 26, 2017
    A- A+
    मुटु र शरीर स्वस्थ राख्न सन्तुलित आहार निकै आवश्यक छ । आफ्नो शरीरलाई आवश्यकताभन्दा बढी क्यालोरीयुक्त आहार सेवन गर्दा शरीर तथा रक्तनलीमा बोसो जम्न गई धेरै रोग उत्पन्न हुन सक्छ । ७० किलो वजन भएका साधारण शारीरिक कार्य गर्ने एक वयस्क व्यक्तिले दैनिक दुई हजार क्यालोरीयुक्त भोजन सेवन गर्नु राम्रो मानिन्छ । जसमध्ये ५० प्रतिशत कार्बोहाइड्रेड, ३० प्रतिशत चिल्लो पदार्थ र २० प्रतिशत प्रोटिन भएको हुनुपर्छ । मानिसको शारीरिक अवस्थाअनुसार आहार सन्तुलित हुनुपर्छ । कार्बोहाइड्रेड, चिल्लो, प्रोटिन, भिटामिन र लवणहरू आवश्यकताअनुसार खानाबाट प्राप्त गर्नुपर्छ । मुटु स्वस्थ राख्न यस्ता परिकारमा ध्यान दिनुपर्छ ः
    घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।

    दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।
    बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ ।
    बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । त्यस्तै, बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खानुपर्छ । बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन । कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ ।
    शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर, नियन्त्रित रूपमा माछा–मासु खाएमा हानि हुँदैन । माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ । माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुका माछा नखानु उत्तम हुन्छ ।
    फाइबरयुक्त खानाहरू गहुँको गेडागुडी, हरियो सागपात खानुपर्छ । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाइदा गर्छ
    खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ । दुई छाक खाने, पेट कसेर खाने, खानेबित्तिकै सुत्ने मुटुका लागि अत्यन्तै खतरनाक बानी हो । आहार व्यवस्थापनका लागि यस्तो बानी त्यागी थोरै खाने, धेरैपटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ ।
    बेलुकाको खानामा काँचो लसुन खाँदा राम्रो हुन्छ । यसले रगतको कोलेस्ट्रोल घटाउँछ साथै, एस्पिरिनले जस्तै रगतलाई पातलो पार्दछ ।
    मधुमेह रोग भएकाहरूले गुलियो खानु हुँदैन ।
    Source Khabardabali

    Subjects:

  • No Comment to " मुटु स्वस्थ राख्न यस्ता आहार खानुस् "