• डीआईजी सिलवाल भन्छन्, अपराधीलाई जस्तो व्यवहार भयो

    Reporter: EduDainik
    Published: Monday, April 24, 2017
    A- A+
    बैशाख १२, २०७४ काठमाडौं : डीआईजी नवराज सिलवालले आफूलाई बयानका लागि भन्दै अपहरणको शैलीमा आफ्नो संगठनले नियन्त्रणमा लिएको बताएका छन्। नियन्त्रणमुक्त भएलगत्तै स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा भर्ना भएका उनले अस्पतालमै पत्रकार सम्मेलन गरेर कुनै अभियोगविना नै जबरजस्ती लगेर बयान लिने काम गरेको बताए। 'जोसँग म लडिरहेको छु, उसैले पक्राउ गर्ने, उसैले बयान लिने, प्रपञ्च मिलाउने, फसाउने काम भयो,' ह्वीलचेयरमा बसेर पत्रकारमाझ सिलवालले भने, 'मुद्दालाई प्रभावित पार्ने गतिविधि भयो।' कुनै कानुन उल्लघंन नगरे पनि आफूलाई अपराधीलाई झैँ व्यवहार गरिएको उनले बताए। कार्यसम्पादन मूल्याङ्कन फारम कसरी बाहिर आयो भन्ने विषयमा सम्बन्धित जिम्मेवार व्यक्तिसँग अुनसन्धान गर्नुपर्ने बनाउँदै उनले भने, 'म न्यायालयले जे भन्छ, त्यो मानेर अघि बढ्छु।'
    Source: Thahakhabar
  • No Comment to " डीआईजी सिलवाल भन्छन्, अपराधीलाई जस्तो व्यवहार भयो "