• डिआईजी नवराज सिलवाल पक्राउ

    Reporter: EduDainik
    Published: Sunday, April 23, 2017
    A- A+
    काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल पक्राउ परेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला उनलार्इ प्रहरीले पक्राउ गरेको हाे ।
    आइजीपी प्रकाश अर्यालले नियुक्त भएपश्चात  बोलाएको बैठक बहिस्कार गरेका सिलवाललाई प्रहरी हेर्डक्वार्टरले स्पष्टिकरण सोधेको थियो ।
    त्यस्तै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा किर्ते गरेको विषयमा छानविन समितिले बयानमा बोलाएको थियो । तर उनी बयानमा गएनन् ।
    सिलवाललाई वयानका लागि ल्याइएको प्रहरी स्रोतले बताएको छ ।
  • No Comment to " डिआईजी नवराज सिलवाल पक्राउ "