• बैशाख ३१ मा निर्वाचन गरेरै छाड्ने प्रमुख पाँच दलको निष्कर्ष

    Reporter: EduDainik
    Published: Wednesday, April 19, 2017
    A- A+
    काठमाडौं । संसदमा रहेका मूख्य पाँच दलले स्थानीय तहको निर्वाचन बैशाख ३१ मै एकै चरणमा गर्ने अठोट गरेका छन् । मधेसी मोर्चाले बैशाख ३१ का लागि तोकिएको मिति बहिष्कार गर्ने र बिथोल्ने गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि बसेको पाँच प्रमुख दलका नेताले निर्वाचन गरेरै छाड्ने निष्कर्ष निकालेका हुन् ।
    प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकको बैठकले निर्धारित वैशाख ३१ को चुनाव नसार्ने र सोही मितिमा गर्ने अठोट व्यक्त गरेका हुन् । उनले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्न सकिन्छ कि सकिन्न भन्नेमा पनि राय मागेका थिए । बैठकमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवाष नेम्वाङ सहभागी थिए। एमाले नेताहरुले यदि मोर्चा चुनाबमा सहभागी हुन्छ भने दुई चरणमा चुनाबमा जान सकिने तर चुनाबमा अाउने ग्यारेन्टी पछि मात्र दोस्रो चरणको विषय टुङ्ग्याउनु पर्ने उल्लेख गरेका थिए।
    बैठकपछि गृहमन्त्री विमलेन्द्र निधिले बैशाख ३१ गते नै चुनाव गरिने भन्दै कुनै भ्रममा नपर्न आग्रह गरे । मधेसी मोर्चा यदि आउनसक्ने सम्भावना छ भने दुई चरणमा भएपनि चुनाव गराउन सकिन्छ कि भन्नेमा नेताहरुबीच छलफल चाहिँ भएको उनले बताए ।गृहमन्त्री निधिले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकिएको भन्दै सुरक्षामा कुनै कमजोरी नरहने प्रष्ट गरे ।


  • No Comment to " बैशाख ३१ मा निर्वाचन गरेरै छाड्ने प्रमुख पाँच दलको निष्कर्ष "