• बालुवाटारमा सर्वदलीय बैठक बस्दै, ओली, थापा र यादव गएनन्

    Reporter: Becoming Kishor
    Published: Friday, April 28, 2017
    A- A+
    १५ बैशाख, काठमाडौं । संविधान संशोधन विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकरी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्राय सबै दलका नेताहरु सहभागी भएका छन्। बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन्।

    सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले राखेको माग पूरा गर्ने भनी ल्याएको संविधान संशोधन विधेयकबारे बैठकमा छलफल हुनेछ। सरकारले संशोधन विधेयक पारित गर्न सकेमा मधेस केन्द्रित दललाई पनि चुनावमा सहभागी गराउन सकिने बताउँदै आएको छ भने प्रतिपक्षी नेकपा एमालेले यसको विरोध जनाएको छ।

    Subjects:

  • No Comment to " बालुवाटारमा सर्वदलीय बैठक बस्दै, ओली, थापा र यादव गएनन् "