• चुनाव खर्च खोज्दै चेपाङ उम्मेदवार

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+
    काठमाडौं, ९ वैशाख । मकवानपुरको कैलाश गाउँपालिका–७ को वडाध्यक्षमा उम्मेदवारी दिन चाहेका छन्, नमुना चेपाङले । निर्वाचनमा उम्मेदवार बन्न चेपाङलाई मन लागे पनि उनीसँग चुनाव खर्च छैन ।
    अाजको नेपाल समाचारपत्रमा खबर छ– चेपाङ बाहुल्य क्षेत्रमा निर्वाचनमा भाग लिने मनसाय बनाएका चेपाङ उम्मेदवारसँग चुनाव लड्ने खर्च नहुँदा समस्यामा परेका छन् ।
    निर्वाचनको महत्त्व जति भए पनि निर्वाचनका लागि आवश्यक रकम नभएका कारण चेपाङ बाहुल्य गाउँमा टाठाबाठा नै उम्मेदवार बन्ने सम्भावना देखिएको छ । कैलाश–७ का माओवादी केन्द्रका नेता राजकुमार चेपाङ भन्छन्, अधिकांश चेपाङ उम्मेदवारसँग गाउँमा प्रचारप्रसारका लागि आवश्यक पर्ने न्यूनतम खर्च छैन ।’

    Subjects:

  • No Comment to " चुनाव खर्च खोज्दै चेपाङ उम्मेदवार "