• तेक्वान्दोको हङकङ प्रतियोगितामा नेपाल टिमबाट १५ जना भिड्दै

    Reporter: Becoming Kishor
    Published: Friday, April 21, 2017
    A- A+
    हङकङ तेक्वान्दो एसोसियनको आयोजनामा शनिबार शुरु हुने एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा भिड्न नेपालबाट ७ जना राष्ट्रिय खेलाडी हङकङ आइपुगेका छन्।

    आज शनिबार सुरु हुने प्रतियोगितामा उनीहरू बिभिन्न तौल समूहमा भिड्नेछन्। नेपालको राष्ट्रिय टिम नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै उनीहरूले हङकङ आइपुगेका हुन्। प्रतियोगिता बिहान १० बजेदेखि काउलुङ पार्कको स्पोर्टस सेन्टरमा हुँदैछ।


    हङकङ आइपुगेका खेलाडीलाई नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा सहायक प्रशिक्षक राजु खडकाले हङकङको खर्च ब्योहारिदिएका छन्। अहिले हङकङमा न्यू जेनेरेसन तेक्वान्दो क्लब सञ्चालन गरिरहेका खड्काले नेपाली खेलाडीलाई खाने, बस्ने, घुमाउने खर्च आफ्नो क्लबले ब्योहोरेको बताए।

    नेपालबाट नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा ग्रेडिङ चीफ नोर्बु लामा, संघको काठमाडौँ जिल्ला सचिव तथा प्रशिक्षक आलोक घिसिङ, राष्ट्रिय ‘बी’ टिम की सुमित्रा केसी, राष्ट्रिय ‘बी’ टिम कै विकेश बिदारी, राष्ट्रिय जुनियर टिमकी खेलाडी दक्षिणा ठकुरी, सोही टिमकी सुप्रिमा बजगाई, प्रशिक्षक राजिव महर्जन र खेलाडी सागर तिमिल्सिना हङकङ आइपुगेका हुन्।

    नेपालबाट आएका ७ जनाको राष्ट्रिय टीमसँग हङकङका थप ८ जना नेपाली खेलाडी पनि यो प्रतियोगितामा भिड्दैछन्। राजु खडकाले आफ्नो न्यू जेनेरेसन तेक्वान्दो क्लबका ७ जना र युनिफाइड क्लबबाट एकजना खेलाडी सहित आठ जनाले पनि नेपाली राष्ट्रिय टिमबाटै खेल्ने बताए।

    Subjects:

  • No Comment to " तेक्वान्दोको हङकङ प्रतियोगितामा नेपाल टिमबाट १५ जना भिड्दै "