• ६० प्रतिशत चिनियाँको सामाजिक सञ्जाल ‘विच्याट’

    Reporter: Becoming Kishor
    Published: Friday, April 21, 2017
    A- A+
    विश्वभर फेसबुकले वर्चश्व लिइरहेको बेला चीनमा भने यो सामाजिक सञ्जालको प्रयोग खासै भएको छैन। ६२.४ प्रतिशत चिनियाँ नागरिक ‘विच्याट’ प्रयोग गर्दछन्। यो सङ्ख्या सन् २०१५ को तुलनामा १०.५ प्रतिशतले बढी हो।


    सन् २०१६ मा गरिएको सर्वेक्षणले यो तथ्य देखाएको हो। त्यसैगरी सन् २०१६ मा ६८.२ प्रतिशत वयस्क चिनियाँले डिजिटल प्रविधिको प्रयोग गरेको र यो सङ्ख्या सन् २०१५ को तुलनामा ४.२ प्रतिशत बढी भएको सर्वेक्षणले जनाएको छ।


    चीनमा ५८.८ प्रतिशत जनसङ्ख्याले अध्ययनका लागि अझै पनि किताब पढ्ने गरेका छन्। किताबबाट अध्ययन गर्ने जनसङ्ख्यामा पनि अघिल्लो वर्षको तुलनामा सन् २०१६ मा ०.४ प्रतिशत वृद्धि भएको चीनका विभिन्न ५२ सहरमा लिइएको वार्षिक सर्वेक्षणले बताएको जनाइएको छ।

    सर्वेक्षण चाइनिज एकेडेमी अफ प्रेस तथा पब्लिकेसनले गरेको थियो। सर्वेक्षणका क्रममा ६६.१ प्रतिशत सहभागीले पत्रपत्रिकाका समाचार पढ्न तथा कतिपय पाठ्यपुस्तक पढ्न पनि आफ्नो मोबाइल फोन प्रयोग गर्ने बताएका थिए।

    सर्वेक्षणमा सन् २०१६ भर प्रतिव्यक्ति २.४६ अमेरिकी डलर अर्थात् १६.९५ चिनियाँ युआन बराबर फोनमा पठनीय सामाग्रीको अध्ययनका लागि खर्चिएको पाइएको छ।

    सहभागीमध्ये २५.२ प्रतिशत व्यक्ति जसले सर्वेक्षणमा प्रतिक्रिया जनाए, ले मोबाइल फोनमा खर्च गरेर पढ्न (पेड रिडिङ) गर्न रुचाउने बताए। एजेन्सी


    Subjects:

  • No Comment to " ६० प्रतिशत चिनियाँको सामाजिक सञ्जाल ‘विच्याट’ "