• ठगको फन्दामा सांसद / राजधानीमा ठगहरुको जालो

    Reporter: EduDainik
    Published: Monday, April 24, 2017
    A- A+
    काठमाडौं, १२ वैशाख । राजधानीमा ठगहरुको जालो यस्तो छ कि आधाजसो व्यक्तिहरु कुनै न कुनै किसिमको ठगीबाट पीडित छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखामा ठगीसम्बन्धि केसका व्यक्तिहरले दैनिक भरिने गरेका छन् ।
    दृष्टि साप्ताहिकमा खबर छ– सामान्य व्यक्तिदेखि धनाढ्य र पढेलेखेका व्यक्तिहरुसम्म त्यसरी ठगिउका छन् । एक पूर्व सांसद पनि त्यसैगरी ठगीएकी छिन् । रुकुमकी पूर्व सांसद् मिना शाही जग्गा किन्न खोज्दा ठगिएकी हुन् ।
    चाल्नाखेलको आकर्षक चार आना जग्गा देखाएर एक महिलाले उनको १० लाख रुपैयाँ ठगी गरेकी हुन् । रिया श्रेष्ठ नामकी युवतीले उनलाई ठगेकी हुन् । श्रेष्ठलाई पक्राउ गरी आफ्नो पैसा फिर्ता लिन उनी दैनिक प्रहरी कार्यालय धाइरहेकी छिन् ।
    गत वर्ष नै उनले चाल्नाखेलमा चार आना जग्गा किनेकी थिइन् । २ महिनाअघि आफ्नो जग्गामा जाँदा एक व्यक्तिले खनिरहेको देखेपछि उनले किन मेरो खेत खनेको भनेर सोधिन् । ती व्यक्तिले उक्त खेत आफ्नो भएको बताए । त्यसपछि शाहीले लालपूर्जा देखाइन् ।
    लालपूर्जा त त्यहाँभन्दा टाढा भिरको थियो । त्यसपछि उनी उजुरी लिएर दैनिक प्रहरी कार्यालय धाउँदै आएकी छिन् ।
    Source Khabardabali

  • No Comment to " ठगको फन्दामा सांसद / राजधानीमा ठगहरुको जालो "