• चेल्सी एफए कपको फाइनलमा

    Reporter: EduDainik
    Published: Sunday, April 23, 2017
    A- A+
    विम्बले, १० वैशाख । चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती प्रिमियर लिगको शीर्ष स्थानमा आफूलाई पछ्याइरहेको टोटेनहाम हटस्पोर्सलाई ४–२ गोलले पराजित गर्ने क्रममा चेल्सी फाइनल प्रवेश गरेको हो।
    चेल्सीको जितमा लामो समय बेन्जमा बसेका इडेन हजार्ड सहयोगी साबित भए। ५२ मिनेट २–२ को बराबरीमा रहेको खेलमा हजार्डले ७५ मिनेटमा गोल गर्दै चेल्सीको जितलाई सुनिश्चित तुल्याए। अर्को गोल ८० मिनेटमा नेमान्जा माटिकले गरे।
    यसअघि विलियानले ५ मिनेटमै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, १८ मिनेटमै ह्यारी कानले गोल फर्काउदै खेललाई १–१ को बराबरीमा ल्याए। दक्षिण अफ्रिकी सन हयुङ मिनले फाउल खेलेपछि प्राप्त पेनाल्टीलाई ४३ मिनेटमा विलियानले पुनः गोलमा परिणत गरेका थिए। तर पुनः ५२ मिनेटमा डाले अलीले गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए। एजेन्सी

    Subjects:

  • No Comment to " चेल्सी एफए कपको फाइनलमा "