• फोरम र नयाँ शक्तिबीच निर्वाचन समन्वय संयन्त्र गठन, मातहतका कमिटीलार्इ दियो यस्तो निर्देशन

    Reporter: Becoming Kishor
    Published: Friday, April 28, 2017
    A- A+
    काठमाडौं, १५ वैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल वैशाख ३१ को स्थानीय निर्वाचन प्रभावकारी बनाउन संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन भएको छ ।
    शुक्रबार बसेको संयूक्त केन्द्रीय संयोजन समितिको बैठकले निर्वाचन प्रभावकारी एवं सफलतापूर्वक तरिकाले सम्पन्न गर्नका लागि १२ सदस्यीय संयन्त्र गठन गरेको हो ।


    बैठकपछि जारी विज्ञप्ति अनुसार संयन्त्रमा संयन्त्रमा संघीय समाजबादीका तर्फबाट हेमराज राई, दानवहादुर विक, अजम्बर राई काङबाङ गणेश योन्जन, लालध्वज तामाङ र नयाँ शक्तिबाट रामचन्द्र झा, दुर्गा सोव, देवेन्द्र पौडेल, परशुराम तामाङ, र खिमलाल देवकोटा रहेका छन् ।

    बैठकले एक हातले समातेको मसाल चिन्ह लिई पार्टीको तर्फबाट खडा भएका उमेदवारहरुलाई विजयी बनाउन हर सम्भव प्रयास गर्नेगरि परिचालन हुन पार्टी पंक्तिलार्इ निर्देशन दिएको छ ।

    त्यस्तै, संयूक्त रुपमा संयूक्त पार्टी पंक्ति परिचालन हुने तथा आपसी विवादहरु आएमा स्थानीय तहमै समाधान गर्न प्रयास गर्ने र समाधान हुन नसके विवाद समाधानका लागि केन्द्रीय संयन्त्रमा पठाउन बैठकले मातहतका तहलाई निर्देशन दिएको छ ।

    Subjects:

  • No Comment to " फोरम र नयाँ शक्तिबीच निर्वाचन समन्वय संयन्त्र गठन, मातहतका कमिटीलार्इ दियो यस्तो निर्देशन "