• अरुण नदी थुनिएर बनेको तालबाट पानी बग्न थाल्यो

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+
    संखुवासभा, ८ वैशाख । बरुण नदीमा आएको बाढीले संखुवासभाको भोटखोला गाउँपालिकाको स्याक्सीला गोलामा अरुण नदी थुनिको छ । त्यस्तै २ किलोमिटर ताल नै बनेको छ । सो तालबाट अहिले करिब २५ प्रतिशत पानी बग्न थालेको संखुवासभाका डिएसपी गौतमकुमार केसीले खबरडबलीलाई बताए ।
    सदरमुकाम खाँदबारीबाट करिब २ दिन पैदल गएर मात्र घटनास्थलमा पुग्न सकिने केसीले बताए ।
    बिहीबार दिउँसो करिव ४ बजेतिर अरुण नदीमा बाढी आएको केसीले खबरडबलीलाई जानकारी दिएका छन् । दिउँसो सामान्य बाढी आएपनि राति ९ बजेदेखि आएको बाढीले क्षति पुर्याएको केसीले बताए । डिएसपी केसीका अनुसार ३६ घर उच्च जोखिमका रहेको छ ।
    उनका अनुसार स्थलगत अध्ययनका लागि अहिले काठमाडौंबाट विज्ञसहित टोली हेलिकप्टर मार्फत आउँदैछ ।

    Subjects:

  • No Comment to " अरुण नदी थुनिएर बनेको तालबाट पानी बग्न थाल्यो "