• हिन्दु राष्ट्र घोषणा गर्न भन्दै उपप्रधानमन्त्री कमल थापाले ४० लाख लिएको खुलासा

    Reporter: EduDainik
    Published: Monday, April 24, 2017
    A- A+
    काठमाडौं, १२ वैशाख । पार्टी एकीकरण भएको ६ महिनामै अध्यक्ष कमल थापाको हैकम बढेको भन्दै पार्टीमा विरोध सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको वैशाख ७ को बैठकमा केन्द्रीय सदस्यहरुले उनको कार्यशैलीको चर्को विरोध गरेको समाचार छ ।

    दृष्टि साप्ताहिकमा खबर छ– थापाले वरिष्ठ नेताहरुसँग कुनै सल्लाह नगरी एक्लौटी ढंगले चलेको आरोप केन्द्रीय सदस्इहरुले लगाएका छन् । केन्द्रीय सदस्यहरुले अध्यक्ष थापाको एकलकाटे र हैकमवादी प्रवृत्तिको डटेर विरोध गरेका थिए । संविधानसभा निर्वाचन २०७० मा हिन्दू राष्ट्र घोषणा गर्न लगाउने सर्तमा कमल थापाले भारतको उत्तरप्रदेशका वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथसँग ४० लाख रुपैयाँ लिएको आरोप छ । उनले उक्त सहयोग लिएर हिन्दू राष्ट्रको एजेन्डा छाडेर सत्ताको रसस्वादनमा भुलेकोमा योगीसमेत उनीसँग रुष्ट भएको स्रोतको दाबी छ । भारतीय योगीहरु कमल थापा क्रिश्चियन मिसनरीको प्रलोभनमा परेर हिन्दू राज्यको एजेन्डाबाट पछि हटेको निष्कर्षमा पुगेका चर्चा पनि राप्रपा वृत्तमा छ।
    Source Khabardabali

    Subjects:

  • No Comment to " हिन्दु राष्ट्र घोषणा गर्न भन्दै उपप्रधानमन्त्री कमल थापाले ४० लाख लिएको खुलासा "