• झापाको दमकमा हत्या आरोपमा एक पक्राउ

    Reporter: EduDainik
    Published: Monday, April 24, 2017
    A- A+
    बैशाख १२, २०७४ दमक : झापाको दमक–४ की अञ्जु गजमेरको हत्या आरोपमा स्थानीय तीर्थराज आचार्य पक्राउ परेका छन्। गत आइतबार अपराह्न करिब साढे चार बजेतिर आफ्नै कोठामा मृत फेला परेकी ४५ वर्षीया गजमेरको हत्यामा संलग्न रहेको अारोपमा ४३ वर्षीय आचार्यलाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। डीएसपी राजन लिम्बुले अञ्जुका पति पृथ्वी गजमेरले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जानकरी दिए। घटनापछि फरार रहेका आचार्यलाई लुकेर बसेको अवस्थामा गएराति इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको थियो। 
    Source: Thahakhabar

    Subjects:

  • No Comment to " झापाको दमकमा हत्या आरोपमा एक पक्राउ "