• ‘डा. रिचर्ड’को खोजीमा आमिरदेखि आर्नोल्ड हुँदै अक्षय कुमारसम्मः आउँदैछ ‘२.०’

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+
    काठमाडौं । बितेका केही दिनदेखि चलचित्र ‘२.०’ चर्चामा छ । जसले सन् २०१० मा प्रदर्शन भएको चलचित्र ‘रोबोट’को कथालाई अगाडि बढाएको छ । यो चलचित्रमा दक्षिण भारतका मेगास्टार रजनीकान्तले शीर्ष भूमिका निर्वाह गरेका छन् । चलचित्रको बजेट ३६० करोड छ । चलचित्रको भिएफएक्समा धेरै रकम खर्च गरिएको छ । चलचित्रको क्लाइमेक्समा मात्रै २० करोड खर्च गरिएको बताइएको छ । यति रकममा दुईदेखि तीनवटासम्म सामान्य चलचित्र बन्न सक्थ्यो । 
    वेबदुनियाँ लेख्छ– यति ठूलो चलचित्रको लागत उठाउन सजिलो छैन । रजनीकान्तले दक्षिण भारतमा राज गरेपनि हिन्दी भाषी क्षेत्रमा उनको पकड त्यति धेरै मजबुत छैन । यसैले अक्षय कुमारलाई चलचित्रमा जोडिएको छ । ताकि हिन्दी भाषी क्षेत्रमा पनि चलचित्रप्रति आकर्षण उत्पन्न होस् ।
    भन्नेले भनिरहेका छन्, अक्षय कुमारले ४५ करोड पारिश्रमिक लिएका छन् । अक्षय कुमारको भूमिकाको नाम चलचित्रमा डाक्टर रिचर्ड रहेको छ । यो भूमिकाका लागि उनी पहिलो रोजाइ थिएनन् । अक्षयभन्दा अघि ६ कलाकारसँग कुरा गरिएको थियो । तर, सबैले यो भूमिकालाई अस्वीकार गरे । 
    कमल हसनले यो भूमिका निर्वाह गरुन् भन्ने चलचित्रका निर्देशक शंकर चाहन्थे । दक्षिण भारतमा कमल हसन र रजनीकान्तको प्रतिस्पर्धा जगजाहेर छ । कमल हसन अत्यन्त प्रतिभाशाली कलाकार हुन् । तर लोकप्रियताको मामिलामा उनीभन्दा कम प्रतिभाशाली रजनीकान्त निकै अघि छन् । हिन्दी वेवदुनियाँ लेख्छ– सायद यही कुराले कमल हसनलाई पछुतो होला । उनले रजनीकान्तका अघि खलनायक बन्ने साहस जुटाउन पाएनन् । 
    यसपछि बलिउडका परफेक्शनिस्ट आमिर खानसँग कुरा भयो । आमिरले पनि यो भूमिकाका लागि अस्वीकार गरिदिए । उनी ‘दंगल’ मा व्यस्त थिए र यो भूमिका गर्न पनि चाहँदैन थिए । आमिरपछि दक्षिण भारतका कलाकार विक्रमसँग कुरा भयो, तर उनले पनि चलचित्रका लागि इन्कार गरिदिए । 
    भारतीय कलाकारहरूको ‘नाइँ’ सुन्दासुन्दा तनावमा परेका निर्देश शंकरले हलिउड स्टार ‘कमान्डो’, ‘टर्मिनेटर’ फेम आर्नल्ड श्वार्जनेगरसँग कुरा गरे । आर्नल्डले हुन्छ त भने तर उनले यति धेरै रकम माग गरेकी उनलाई साइन गराउने इरादा निर्देशकले छाडिदिए । एकपटक फेरि भारतीय कलकारलाई सम्पर्क गरियो । शंकरको झुकाव बलिउड स्टारतर्फ थियो । 
    ऋतिक रोशनसँग कुरा गरियो । तर ऋतिकले आफूलाई सुपरहिरो सिरिज गर्ने सोचे, खलनायक कसरी बनुन् । उनले खलनायक बन्ने जोखिम उठाउन सकेनन् । यसपछि नीलनितिन मुकेशको नाम विचार गरियो । तर उनले रजनीकान्तसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने ठहर गरियो । यसैले नीलको नाममा पनि सहमती भएन । 
    हतास र तनावमा शंकरले अक्षय कुमारका अघि चलचित्रको अफर राखे र अक्षय तुरुन्त राजी भए । त्यसै पनि अक्षय तीव्र गतिमा काम गर्छन् । उनलाई यो चलचित्रमा अभिनय गर्न कुनै समस्या भएन ।
    अक्षय चलचित्रमा जोडिए पछि चलचित्रप्रति दर्शको आकर्षण पनि बढ्यो । कसलाई थाहा छ र.. कतै यो भूमिका पनि गब्बर, मोगेम्बो वा साकाल जस्तै डा. रिचर्ड पनि लोकप्रिय हुन्छ कि ?

    Subjects:

  • No Comment to " ‘डा. रिचर्ड’को खोजीमा आमिरदेखि आर्नोल्ड हुँदै अक्षय कुमारसम्मः आउँदैछ ‘२.०’ "