• इरानको राष्ट्रपतिका लागि छ जना उमेदवार

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+


    तेहरान । संविधानका संरक्षकको परिषद्को नामले चिनिले इरानको माथिल्लो सदनले राष्ट्रपतिका छ जना उमेदवारको नामावली स्वीकृत गरेको छ ।

    पूर्वराष्ट्रपति मोहम्मद अहमदिनेजादको नाम भने बिहीबार अनुमोदन गरिएको नामावलीमा राखिएको छैन । उहाँले राष्ट्रपतिको उम्मेदबारका लागि अयोग्य ठहर्याइएको छ ।

    अनुमोदन गरिएको उम्मेदवारको नामावलीमा वर्तमान राष्ट्रपति हसन रौहनी, तेहरानका मेयर मोहम्मद बाक्वेर क्वालिबाफ, इब्राहिम रैसी, इमाम रेजा, अयोतुल्लाह अली खमेनै र पूर्वउपराष्ट्रपति मोस्ताफा हासेमिताबाको नाम रहेको छ ।

    माथिल्लो सदनबाट योग्य ठहरीएका उमेदबारहरुले अव निर्वाचनका लागि आफ्नो प्रचारप्रसार सुरु गर्न सक्दछन् । आउँदो मे १९का दिन मतदान हुने भएकाले १८ मे को विहान ०८ बजेसम्म मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाइएने भएको छ । रासस÷सिन्ह्वा
  • No Comment to " इरानको राष्ट्रपतिका लागि छ जना उमेदवार "