• शरदको टोली विराटनगर किंग्स डीपीएलको फाइनलमा, रुपन्देही पराजित

    Reporter: EduDainik
    Published: Wednesday, April 19, 2017
    A- A+
    बैशाख ६, २०७४ काठमाडौं : शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो क्वालिफायरमा शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेञ्जर्सलाई २९ रनले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो। १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही निर्धारित २० ओभरमा ९९ रन  जोड्दा अलआउट भयो। रुपन्देहीलाई लक्ष्य भेट्न नदिने क्रममा सुशील कंडेलले ४, सन्दीप लामिछानेले २ तथा पवन सर्राफ, जितेन्द्र मुखिया, दीपेन्द्र ऐरी र प्रकाश विष्टले १-१ विकेट लिए। रुपन्देहीका लागि विक्रम शोबले २३ र पुष्प थापाले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। यसअघि आशिफ शेखको ३६, शरद भेषावकरले २४, पवन शर्राफले १५, दीपेन्द्र ऐरीले १३ र अमित श्रेष्ठले १० रन जोडे। शक्ति गौचनले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए। पराजयका बावजुद पनि रुपन्देहीले फाइनल प्रवेशको अर्को मौका पाउनेछ। उसले दोस्रो क्वालिफाइरमा धनगढी टीम चौराहा र काठमाडौं गोल्डेन्सबीचको एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


  • No Comment to " शरदको टोली विराटनगर किंग्स डीपीएलको फाइनलमा, रुपन्देही पराजित "