• सामाजिक सञ्जालमा भाइरल बन्यो ‘एरेस्टहिसिलायमी’ ह्यासट्याग

    Reporter: Becoming Kishor
    Published: Monday, April 3, 2017
    A- A+
    काठमाडौं, २१ चैत । नयाँ शक्ति पार्टीकी नेतृ तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी हिसिया यमी विरुद्धको ह्यासट्याग सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।
    सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ट्वीटर तथा फेसबुकमा बनाएको ‘एरेस्टहिसिलायमी’  ह्यासट्याग  भाइरल बनेको हो ।
    ‘यो देशलाई खारेज गर’ भन्ने नारा लगाउने हिसिया यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा लगाउनुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको छ ।
    नेतृ यमीलाई गिरफ्तार गर्न सामान्य फेसबुके, ट्वीटेहरु मात्र नभइ विभिन्न पार्टीका नेता कार्यकर्ता पनि छन् ।
    संसद बाहिरका दलले पनि दलीय चिन्न पाउनुपर्ने माग गर्दै नयाँ शक्तिलगायतका ६४ दलले आइतबार निर्वाचन कार्यालय अगाडि गरेको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेपछि यमीले ‘यो देशलाई खारेज गर’ भनी आक्रोशित हुँदै नारा लगाएकी थिइन् ।
    उनले लगाएको नारा अहिले सबैतिर भाइरल भइरहेको छ ।
  • No Comment to " सामाजिक सञ्जालमा भाइरल बन्यो ‘एरेस्टहिसिलायमी’ ह्यासट्याग "