• प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

    Reporter: Becoming Kishor
    Published: Wednesday, April 19, 2017
    A- A+
    काठमाडौं, ४ बैशाख । आइतबार राति भएको खेलमा म्यानेचेष्टर युनाइटेडले शिर्ष स्थानमा रहेको चेल्सीलाई २–० ले पराजित गरेपछि प्रिमियर लिगको उपाधिहोड रोमान्चक हुने भएको छ ।


    ३२ खेलबाट ७५ अंक जोडेको चेल्सीलाई समान खेलबाट ७१ अंकसहित पछ्याईरहेको टोटनह्यामले अंक दुरी ४ मा झारेपछि रोमान्चक बन्ने भएको हो ।

    आक्रामक खेल खेलेको युनाईटेडको टोलीमा पोग्वा, हेरेरा, रास्फोर्ड, लिङ्गार्डजस्ता खेलाडीलाई रोजेका माउरिन्होले रुइनी, इब्राहामोभिक, माख्तियारान, मार्टियल, माटा जस्ता खेलाडीलाई बेन्च राखेका थिए ।

    खेलको छैटौं मिनेटमै मार्कोस रास्फोर्डको गोलबाट अग्रता लिएको युनाइटेडको अघि चेल्सी खेलअवधीभर निरिहजस्तै बनेको थियो । पहिलो गोलमा आन्द्रे हेरेराको पासमा रास्फोर्डले गोल गरेका थिए भने दोस्रो गोलमा रास्फोर्डको पासमा हेरेराले दोस्रो हापको ५० औं मिनेटमा गोल गर्दै २–० को अग्रता दिलाएका थिए ।

    खेल अवधीभर कममात्रै मौका जुराएको चेल्सीलाई जित अति आवश्यक थियो । तर युनाईटेड पनि चेल्सीमाथि जित दर्ज गरेर अन्तिम ४ मा सिजन समाप्त गर्ने योजनामा थियो ।
    हारसँगै चेल्सीलाई पछ्याइरहेको टोटनह्याम उत्साहित बनेको छ भने प्रिमियर लिग थप रोमान्चक मोडमा पुगेको छ  ।

    Subjects:

  • No Comment to " प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का "