• विप्लव नेतृत्वको पार्टीले १० स्थानीय तहमा जनपरिषद्को बोर्ड टाँग्यो

    Reporter: EduDainik
    Published: Tuesday, April 25, 2017
    A- A+
    काठमाडौं, १३ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङका १० स्थानीय तहमा जनपरिषद्को बोर्ड टाँगेको छ । पार्टीले उममहानगर, नगर र गाउँपालिकाका कार्यालयमा गएराति जनपरिषद्को बोर्ड टाँगेको हो ।
    अाजको राजधानी दैनिकमा खबर छ– तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, दंगीशरण गउँपालिका, बबई गाउँपालिका, राप्ती गाउँपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका, गडवा गाउँपालिका कार्यालयमा राज्यले राखेका बोर्डमा कालो पोतेको छ ।
    बोर्डमा ‘दलाल संसदीय व्यवस्थाको चुनाव खारेज गरौं । जनसत्तालाई सुदृढ गरौं,’ लेखिएको छ । जनसत्ता स्थापना गर्ने तयारी स्वरूप ती बोर्ड टाँगिएको उक्त पार्टीले जनाएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी मेघनाथ काप्mलेले राति चन्द समूहले स्थानीय तहका कार्यालयमा टाँगेका बोर्ड प्रहरीले बिहान हटाएको बताए ।
    उनका अनुसार प्रहरी नजिकै भएको स्थानका बोर्ड हटाइएको र टाढाका कार्यालयमा बोर्ड हटाउन प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताए । यता कम्युनिस्ट पार्टी दाङ इन्चार्ज बलबहादुर वली शीतलले जनताले आक्रोशमा आएर त्यसको प्रतिवाद गरेको बताएका छन् । ७ वैशाखमा पार्टीले घोराहीमा गरेको चुनावविरोधी सभालाई बिथोलेकाले त्यसको आक्रोशमा जनता सरकारका विरुद्धमा उत्रिएको प्रतिक्रिया दिए ।
    Source: Khabardabali
  • No Comment to " विप्लव नेतृत्वको पार्टीले १० स्थानीय तहमा जनपरिषद्को बोर्ड टाँग्यो "