• प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच चर्काचर्की

    Reporter: EduDainik
    Published: Wednesday, April 26, 2017
    A- A+
    काठमाडौं,बैशाख १३ –एमालेले संसदमा गरिरहेको अवरोध खुलाउने विषयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको छ । सरकारले तराई मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेपछि एमालले संसद अवरुद्ध गरेको थियो ।

    प्रमुख प्रतिपक्षी दलका नेता ओलीले तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ता नलिए संसदको अवरोध नखुल्ने अडान लिएपछि प्रधानमन्त्ती प्रचण्ड आक्रोशित बनेका थिए । सरकार र मधेसी मोर्चाबीच भएको ‘अलिखित’ ३ बुँदे सम्झौता कार्यान्वयना लागि सरकारले तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेको थियो । जसको विरोधमा एमालेले मंगलबारदेखि संसद अवरोध गर्दै आएको छ ।
  • No Comment to " प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच चर्काचर्की "