• ‘जालो’ को ट्रेलर र पोस्टर सार्वजनिक (ट्रेलरसहित)

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+
    काठमाडौं । नेपाली कथानक चलचित्र ‘जालो’ को ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । गिनिज बुकमा नाम लेखाउने चलचित्र ‘जालो’ को ट्रेलर हेर्दा व्यवसायिक देखिन्छ ।
    पोस्टरमा रेमन्डदास श्रेष्ठ, मेनुका प्रधान, नीर शाह, निराजन प्रधान र मुना गौचन छन् । विश्व चलचित्र बजारमा नयाँ किर्तीमान बनाउने उद्देश्यले विश्वकै लामो वन–सर्ट मुभीको रुपमा ‘जालो’ निर्माण गरिएको हो । अहिलेसम्म विश्वकै लामो वन–सर्ट मुभीको रेकर्ड भारतको नाममा छ । तर, उक्त व्यवसायिक चलचित्र थिएन ।
    “अहिले रकर्ड बनाएको चलचित्र रेकर्ड बनाउन कै लागि बनाइएको हो,” चलचित्र ‘जालो’ का निर्देशक अराजकेशव गिरीले भने, “तर जालो गिनिज बुकमा नाम लेखाउन मात्रै निर्माण गरिएको होइन । यो पूरै व्यवसायिक चलचित्र हो । यो हलमै प्रदर्शन हुँदैछ ।”
    यस अघि नै टिजर सार्वजनिक गरिएको चलचित्र ‘जालो’ जेठ १९ गते प्रशर्न हुँदैछ ।
    वन–सर्ट मुभी ‘जालो’ एकै सर्टमा खिचिएको चार घण्टा लामो चलचित्र हो । एकै टेकमै खिचेर दुई वटा चलचित्र बनाइएको हो । ‘जालो’ जेठ १९ गते प्रदर्शनमा आउँदा ‘जालो रिटन्र्स’ भने अर्को वर्ष प्रदर्शनमा आउने छ ।
    “एउटा पूर्ण व्यवसायिक चलचित्रमा हुने सबै पक्ष हामीले समावेश गरेका छौं,” ‘जालो’ का निर्माता मोहित मुनालले भने, “हामीले कलाकार पनि व्यवसायिक कलाकार नै लिएका छौं ।”
    ‘जालो’ मा निर शाह, अनुपविक्रम शाही, मेनुका प्रधान, रेमन्ड दास श्रेष्ठ, मुना गौचन लगायतका कलाकारले अभिनय गरेका छन् ।
  • No Comment to " ‘जालो’ को ट्रेलर र पोस्टर सार्वजनिक (ट्रेलरसहित) "