• कुकुर र बिरालोको मासु खान ताइवानले लगायो प्रतिबन्ध

    Reporter: Becoming Kishor
    Published: Friday, April 21, 2017
    A- A+
    कुकुर र बिरालोको मासु उपभोगमा ताइवानले प्रतिबन्ध लगाएको छ। त्यहाँको व्यवस्थापिकाले मंगलबार पशु सुरक्षा कानुन संशोधन गरेपछि यस्तो व्यवस्था लागु हुने भएको हो।
    यद्यपि सो संशोधनमा राष्ट्रपतिले हस्ताक्षर गर्न बाँकी छ। अप्रिल महिनाभर त्यसले कानुनको रुप प्राप्त गर्ने जनाइएको छ।

    यसअघि पशु सुरक्षा कानुनअन्तर्गत कुकुरबिरालो वध र मासु बिक्री मात्र प्रतिबन्धित थियो। अब कुकुर र बिरालोको मासु खाने तथा बिक्री गर्ने व्यक्तिलाई १,६४० अमेरिकी डलरदेखि ८,२०० अमेरिकी डलरसम्म जरिवाना हुन सक्नेछ।

    सो कानुनले घरपालुवा कुकुर तथा बिरालोलाई मोटरसाइकल वा कारमा चढेर डो¥याउन पनि प्रतिबन्ध लगाएको छ।

    पशुप्रेमीहरुले यस कानुन निर्माणमा दबाब दिँदै आएका थिए। चीन, फिलिपिन्स, कोरिया, इन्डोनेसियालगायतका क्षेत्रमा कुकुरको मासु खाने गरिन्छ। एजेन्सी

    Subjects:

  • No Comment to " कुकुर र बिरालोको मासु खान ताइवानले लगायो प्रतिबन्ध "