• भाइको हत्या गरेको आरोपमा दाजु-भाउजू पक्राउ

    Reporter: Becoming Kishor
    Published: Friday, April 21, 2017
    A- A+
    सिरहा, वैशाख ८
    भाइको हत्या गरेको आरोपमा यहाँ प्रहरीले दाजु–भाउजूलाई पक्रेको छ । सिरहाको मिर्चैया–८, मझौवाका २७ वर्षीय प्रदीप रायको हत्या आरोपमा ४० वर्षका फूलगेन राय र ३५ वर्षीया भाउजू निरोदेवीलाई प्रहरीले पक्रेको हो।


    घरमा सुतिरहेको अवस्थामा गत फागुन ७ गते राति घरमा आगलागी हुँदा जलेर प्रदीपको जलेर ज्यान गएको थियो । दाजु–भाउजूले प्रदीप सुतेको कोठामा पेट्रोल खन्याएर आगो लगाएको आरोपमा उनीहरूलाई पक्रेको हो।

    Subjects:

  • No Comment to " भाइको हत्या गरेको आरोपमा दाजु-भाउजू पक्राउ "