• ‘बाहुबली–२’ अप्रिल २८ मा

    Reporter: Becoming Kishor
    Published: Thursday, March 9, 2017
    A- A+
    काठमाडौं । चलचित्र ‘बाहुबली’ अहिलेसम्म दर्शकको मनबाट निस्कन सकेको छैन । अब ‘बाहुबली २’ पुनः दर्शकसामु आउने तयारीमा छ । एसएस राजामौलीको यो चलचित्र २८ अप्रिल सन् २०१७ मा रिलिज गर्नका लागि तयारी हुँदैछ ।
    फिल्मीबिटका अनुसार हालै एउटा अन्तर्वार्तामा चलचित्रका निर्देशकले पहिलो चलचित्रमात्र स्टारर रहेको र यसको वास्तविक कथा अबको चलचित्रमा हुने बताएका थिए । उनले भने, “पहिलो भागमा हामीले पात्रहरूलाई अगाडि राखेका थियौँ । यसको कथामा खासै काम गर्नुपरेको थिएन ।” राजामौलीले चलचित्र ‘बाहुबली’का लागि ५ वर्ष खर्चेका छन् ।


    ‘बाहुबली २’ कैयौँ अर्थमा विशेष हुनेछ । एक्सनको कुरा गर्दा यो चलचित्रमा अहिलेसम्म नदेखिएको एक्सन सिन हुनेछन् । अघिल्लो ‘बाहुबली’ भन्दा चलचित्र भव्य हुनेछ । राणा दग्गुबातीले चलचित्रका विषयमा बोल्दै पहिलेभन्दा विशाल बनेको प्रतिक्रिया दिएका छन् । उनले भने, “हामीले विश्वभरका मान्छेलाई यसमा अनुबन्ध गरेका छौँ, जसले युद्धको सिन सुट गर्ने नयाँ योजना या अनुभव लिएका छन् । यो चलचित्र पहिलेको भन्दा भिन्न युद्ध सिनमा छायांकन गरिएको छ, र साह्रै गाह्रो पनि भएको थियो ।”
  • No Comment to " ‘बाहुबली–२’ अप्रिल २८ मा "