• जाजरकोट बस दुर्घटनाः ७ जनाको मृत्यु | बस भीरमा खस्दा उद्धारमा कठिनाइ, घाइतेको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाइँदै

    Reporter: Becoming Kishor
    Published: Thursday, March 9, 2017
    A- A+
    काठमाडौं । जाजरकोटमा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
    जाजरकोटबाट खारा जाँदै गरेको ना ३ ख २२७९ नम्बरको भेरी गंगा यातायातको बस दुर्घटनामा परेको थियो ।  बस दुर्घटनामा परेकामध्ये ७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
    घटनास्थलमा रहेका रवी शाहका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ ।  भेरीमालिका नगरपालीका वडा नम्बर ४ मा बस दुर्घटनामा परेको हो । बसमा अत्यधिक यात्रु रहेका र भीरबाट बस खसेको हुनाले उद्दारमा कठिनाई भएको बताइएको छ ।  ३५ जना घाइतेलाई अस्पताल पुर्याइएको पत्रकार बद्री पन्तले जानकारी दिए ।

    बसमा क्षमता भन्दा बढी यात्रु रहेको र ब्रेक फेल भएर दुर्घटनामा परेको आशंका गरिएको छ । यसैबीच दुर्घटनामा परेकाको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर जाँदैछ ।
    नेपाली सेनाको नाइटभिजन हेलिकप्टर काठमाडौंबाट जाने तयारीमा छ ।
  • No Comment to " जाजरकोट बस दुर्घटनाः ७ जनाको मृत्यु | बस भीरमा खस्दा उद्धारमा कठिनाइ, घाइतेको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाइँदै "