• ओलीको दाहाललाई सुझाव–वैशाखमा चुनाव गराउन नसक्ने भए चैतमै सत्ता छाड्नू

    Reporter: Becoming Kishor
    Published: Thursday, March 9, 2017
    A- A+

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा चुनाव गराउन नसक्ने भए चैतमै सत्ता छाड्न सुझाव दिएका छन् । उनले  भने,“सरकारले चुनाव रोक्ने तारतम्य गर्दैछ । चुनाव गराउन नसक्ने हो भने प्रधानमन्त्रीले वैशाख नपर्खनु चैतमै सत्ता छाड्नू ।”


    उनले निर्वाचन आयोगमार्फत चुनाव हुन नसक्ने जानकारी सरकारले गराउन लागिपरेको बताउँदै चुनाव गराउन नसक्ने हो भने सरकारमा बसिरहनुको औचित्य नहुने धारणा राखे ।



    ओलीले सत्तापक्ष नै एमालेसँग लड्न आएको बताएका छन् ।


    सप्तरी घटनाका बारेमा जानकारी गराउन काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष ओलीले एमालेका शीर्ष नेताहरुको घोषणा गरेरै हत्या प्रयास भएको बताए ।


    “सत्तापक्षको मिलिभगतमा सप्तरीमा यस्तो घटना भएको हो,” ओलीले भने, “एमाले विरुद्ध सत्तापक्ष नै लड्न आएको हो । मान्छे मार्ने पूर्वयोजना थियो तर हामी निस्केनौं ।”


    उनले मधेसी मोर्चालाई जसले सरकारमा लगेको उसैले फिर्ता गराउन लागिपरेको भन्दै आलोचना समेत गरे ।

  • No Comment to " ओलीको दाहाललाई सुझाव–वैशाखमा चुनाव गराउन नसक्ने भए चैतमै सत्ता छाड्नू "