• कन्चनपुरमा एसएसबीद्वारा मारिएका गौतम माओवादी केन्द्रका स्थानीय नेता

    Reporter: Becoming Kishor
    Published: Thursday, March 9, 2017
    A- A+
    काठमाडौं, २६ फागुन । कन्चनपुरको आनन्दबजारमा नेपाली मारिएका गोविन्द गौतम सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका स्थानिय नेता भएको खुलेको छ ।

    भारतीय एसएसबीको ज्यादतीका विरुद्द प्रतिरोध गरिरहेका स्थानियको नेतृत्व गरिरहेका गौतमलाई विहिबार एसएसबीको गोली लागेको थियो ।

    गौतम स्थानिय पूनर्वास गाउँ कमिटिका सदस्य रहेको माओवादीकी कन्चनपुरकी नेतृ विना मगरले बताएकी छिन् ।

    भारतीय ज्यादतीका विरुद्द लड्दै आएका स्थानियहरुको अगुवाई गरेका गौतमलाई सहिद घोषणा गर्नुपर्ने माग समेत माओवादी केन्द्र कन्चनपुरले गरेको छ ।
  • No Comment to " कन्चनपुरमा एसएसबीद्वारा मारिएका गौतम माओवादी केन्द्रका स्थानीय नेता "