• निर्वाचन आयोगमा फोरम नेपाल दर्ता, मधेसी मोर्चाभित्र मनमुटाव

    Reporter: Becoming Kishor
    Published: Wednesday, March 1, 2017
    A- A+
    काठमाडौं, १९ फागुन । स्थानीय चुनावको चर्को विरोध गर्दै आउको मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सो चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

    आजको नागरिक दैनिकमा खबर छ– मोर्चासँग आबद्ध ६ दलले भने परिमार्जनसहित संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने भन्दै आयोगमा दल दर्ता गराएका छैनन् ।



    यादवले दल दर्ता गराएकोमा मोर्चाका अन्य घटकका नेता यादवसँग सशंकित भएका छन् । मोचाृका अन्य नेताले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराउन यादवलाई आग्रह गरेपनि उनले नमानेको स्रोतको भनाई छ ।

    मोर्चाको मंगलबारको बैठकमा मोर्चाका केही नेताले यादवले दल दर्ता गराएको भन्दै यादवसँग आक्रोश पोखेका थिए । यादवले भने यसबारे पार्टीका अन्य नेतासँग बुझ्ने भन्दै टारेका थिए ।

    फोरम नेपालका निर्वाचन विभागका संयोजक तथा संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले गत सोमबार निर्वाचन आयोगमा गई दल दर्ता गराएका थिए । उनले दल दर्ता गराउनुअघि मोर्चाका अन्य घटकलार्य यसबारे जानकारी गराएका थिएनन् ।

    Subjects:

  • No Comment to " निर्वाचन आयोगमा फोरम नेपाल दर्ता, मधेसी मोर्चाभित्र मनमुटाव "