• गभर्नरका मुख्य दाबेदार चार जना

    Reporter: Becoming Kishor
    Published: Wednesday, March 1, 2017
    A- A+
    बहालवाला गर्भनरको पदावधि सकिनु एक महिना अघि नै नयाँ नियुक्ति गर्नुपर्ने प्रावधान अनुरुप बिहीबारसम्म नाम घोषणा हुनुपर्ने हो । तर, यसपाली नयाँ गभर्नर नियुक्तिबारे सुरसारै थालिएको छैन ।

    नागरिक दैनकमा खबर छ–मन्त्रिपरिषद् तथा अर्थ मन्त्रालय स्रोतहरुका अनुसार मुख्य चार उम्मेदवार प्रतिस्पर्धाको अग्रस्थानमा छन् । पूर्व अर्थसचिवद्धय रामेश्वर खनाल र युवराजा भुषाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल । यी चारै उम्मेदवार कांग्रेस कोटाका हुन् । यसपटक कांग्रेस कोटाबाटै गभर्नर नियुक्तिको तयारी भइरहेको मन्त्रिपरिषद् बताउँछ ।

    अन्य सम्भावित उम्मेदवारमा डेपुटी गर्भनरद्धय महाप्रसाद लामिछाने र गोपाल काफ्ले, सिटिजन्स बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्की, पूर्व मुख्य सचिव विमल कोइरालालगायतका पनि चर्चा छ ।

    प्रतिस्पर्धी नाममध्ये अर्थमन्त्री डा. रामशरण महतले पनि रामेश्वर खनालाई रुचाएका छन् । महतले अर्थसचिवका रुपमा खनालसँग लामो समय काम गरेका थिए । आर्थिक क्षेत्रमा दक्षता र वित्तिय मामिलामा आन्तरिक तथा बाह्य निकायसँग कुशलतापूर्वक कुरा राख्न सक्ने खुबी भएकाले पनि अर्थमन्त्रीले खनाललाई नै गभर्नर बनाउन चाहेको स्रोतको दाबी छ ।

    अर्का प्रत्याशी शंकर शर्माको पनि प्रधानमन्त्री र अर्थमन्त्री दुवैसँग राम्रो सम्बन्ध रहेको छ । सत्ता साझेदार दल एमालेले पनि शर्मालाई सजिलै समर्थन गर्न सक्ने भएकोले उनको पनि सम्भावना रहेको छ । राष्ट्रिय योजनाको आयोगको उपाध्यक्ष र अमेरिकाको लागि राजदुत हुँदा शर्माले आफ्नो राम्रौ खुवी देखाइसकेका छन् ।

    Subjects:

  • No Comment to " गभर्नरका मुख्य दाबेदार चार जना "