• एएफसी यु–२३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ‘डी’ मा

    Reporter: Becoming Kishor
    Published: Monday, March 20, 2017
    A- A+
    काठमाडौं, ४ चैत । सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह डीमा परेको छ । एएफसीले शुक्रबार गरेको ड्र’ मा नेपाल समूह डी मा परेको हो ।
    एएफसीले निकालेको ड्रमा नेपालको समूहमा नेपालसँगै यूएई, उज्वेकिस्तान र लेवनान परेका छन् । यस समूहको छनोट खेल आगामी १५ देखि २३ जुलाईसम्म युएईमा हुनेछ । नेपालले समूहको आफ्नो पहिलो खेल युएईसँग जुलाई १९, उज्वेकिस्तानसँग जुलाई २१ र लेवनानसँग जुलाई २३ मा खेल्नेछ ।
    छनोटको लागि एएफसीले सहभागी एसियाका ४० टोलीलाई वेस्ट जोन र इस्ट जोनमा विभाजन गरेर पाँच पाँच समूह बनाइएको छ । प्रत्येक समूहको विजेता र उत्कृष्ट ६ उपविजेता गरी १६ टिमले अर्को वर्ष चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।
    नेपालले यसअघि दुई पटक एएफसी यु–२३ च्याम्पियनसिपको छनोट खेलिसकेको छ । नेपालले सन् २०१३ मा काठमाडौंमै भएको छनोट खेलमा नेपालले बंगलादेशलाई मात्र हराएको थियो भने जोर्डन, उज्वेकिस्तान र यमनसँग पराजित भएको थियो ।
    त्यस्तै सन् २०१६ मा इरानमा भएको छनोटमा नेपाल आयोजक इरान, साउदी अरेबिया, प्यालेस्टाइन र अफगानिस्तानसँग पराजित भएको थियो ।
  • No Comment to " एएफसी यु–२३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ‘डी’ मा "