• फिफाको नयाँ वरियताक्रममा नेपाल तीन स्थान सुधार्दै १७० औं स्थानमा

    Reporter: Becoming Kishor
    Published: Thursday, March 9, 2017
    A- A+
    काठमाडौं । नेपालले फुटबलको विश्व वरियतामा थप तीन स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार जारी गरेको नयाँ वरियताक्रममा नेपाल तीन स्थान सुधार्दै १७० औं स्थानमा पुगेको छ ।
    फिफाले प्रत्येक महिना सार्वजनिक गर्ने वरियताको गत महिना नेपाल १७३ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा भने चौथो स्थानमा रहेको छ । नेपाल भन्दा अघि अफगानिस्तान, भारत र माल्दिभ्स छन् । दक्षिण एसियाली राष्ट्रको शिर्ष स्थानमा रहेको भारत १३२ औं स्थानमा रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स १४० औं र तेस्रो स्थानको अफगानिस्तान १५६ औं स्थानमा रहेका छन् । नेपालभन्दा पछि बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तान छन् ।
    नयाँ वरियतामा अर्जेन्टिना शीर्षस्थान र ब्राजिल दोस्रोमा यथावत छ । जर्मनी तेस्रो, चिली चौथो र बेल्जियम पाँचौ स्थानमा कायमै छन् । त्यस्तै फ्रान्स,कोलम्बिया, पोर्चुगल, उरुग्वे र स्पेन क्रमस छैटौदेखि दशौ स्थानमा रहेका छन् ।

  • No Comment to " फिफाको नयाँ वरियताक्रममा नेपाल तीन स्थान सुधार्दै १७० औं स्थानमा "