• सबैभन्दा बढि कमाउने संसारका ५ धनी फुटबल खेलाडी

    Reporter: Becoming Kishor
    Published: Wednesday, March 1, 2017
    A- A+
    एजेन्सी । संसारका चर्चित खेलमध्ये सबैभन्दा बढि लोकप्रिय खेल हो फुटबल । विश्वभर फुटबलका ३.५ अर्ब भन्दा बढि फ्यानहरु रहेका छन् । यीमध्ये धेरैका लागी फुटबल खेल मात्र नभएर परम्परासमेत बनिसकेको छ ।

    प्रमुख व्यवसायिक खेलाडीले अन्य खेलाडीभन्दा धेरै नै पैसा कमाउछन् । विश्वमा सबैभन्दा धनी फुटवल खेलाडी युरोपमा छन् । स्पेन, इटली, जर्मनी, र फ्रान्सलाई खेलाडीहरुको सबैभन्दा ठूलो केन्द्र मानिन्छ । यी सबै खेलाडओ आफ्नै खुबी र प्रतिस्पर्धी भावले अगाडि आउन सफल भएका हुन् । यहाँ विश्वकै ५ धनी फुटबल खेलाडी बारे चर्चा गरिएको छ।

    १. क्रिष्टियानो रोनाल्डो

    रियल म्याड्रिडका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले वार्षिक ३२ मिलीयन युरो भन्दा बढि कमाउछन् ।

    २. लियोनल मेसी

    फुटबलका ‘लेजेन्ड’ भनेर चिनिने अर्जेन्टिनाका चर्चित खेलाडी लियोनल मेसी बार्सिलोना फुटबल क्लबको लागी खेल्दछन् । मेसीलाई नचिन्ने सायदै होलान। उनको १२ महिनाको आम्दानी ६५ मिलीयन डलर भन्दा बढि रहेको छ । उनले विज्ञापन खेलेवापत २८ मिलीयन डलर कमाउछन् । उनले हालसम्म २१८ मिलीयन डलर भन्दा बढि कमाइसकेका छन् ।

    ३. नेयमार

    ब्राजिल राष्ट्रिय टिमका क्याप्टेनसमेत रहेका नेयमार स्पानिस फुटबल क्लब बार्सिलोनाको तर्फबाट खेल्दछन् । नेयमार सदा र सबैका प्रिय खेलाडी हुन् । २०१५ को फोर्ब्स म्यागाजिनले सार्बजनिक गरेको तथ्यांक अनुसार उनको वार्षिक कमाई ५७. २ मिलीयन युरो रहेको छ । नेयमार महंगा खेलाडीमध्ये पाचौं स्थानमा पर्दछन् । उनले हालसम्म बोनससहित १३६ मिलीयन युरो कमाईसकेका छन् ।

    ४.ज्ल्तान इव्राहिमोभिक

    यी स्विडेनका व्यवसायिक फुटबल खेलाडी रहेका स्विडेन राष्ट्रिय टिमका कप्तान हुन् । ज्ल्तानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीको तर्फबाट खेल्छन् । उनको वार्षिक आम्दमनी २४.९मिलीयन युरो रहेको छ । यीनले हालसम्म १०६ मिलीयन युरो कमाईसकेका छन् ।

    ५. याने रोने

    याने रोने प्रतीभाशाली तथा चर्चित व्यवसायिक इंगलीस फुटवल खेलाडी हुन् । रोने ईन्लीस राष्ट्रिय टिमका क्याप्टेनसमेत हुन् र म्यान्चेस्टर युनाइटेडका खेलाडी । यीनको वार्षिक २७.८ मिलीयन युरो कमाउछन् । रोनेले हालसम्म ११२ मिलीयन युरो कमाईसकेका छन् ।
  • No Comment to " सबैभन्दा बढि कमाउने संसारका ५ धनी फुटबल खेलाडी "