• नयाँ शिक्षा ऐनले गरेको परिवर्तन र कार्यान्वयनको पाटो

    Reporter: Becoming Kishor
    Published: Monday, March 27, 2017
    A- A+
    बद्रीबहादुर पाठक / व्यवस्थापिका संसदबाट पारित विधेयकमा राष्ट्रपतिबाट प्रमाणिकरण भएसंगै २०७३ साल असार १५ गते देखि शिक्षा ऐन आठौं संशोधन कार्यान्वयमा आएको छ । ऐन प्रमाणीकरण पश्चात लामो समयदेखि शिक्षा क्षेत्रमा देखिएको अन्यौल र दिशाहीनता समाप्त भएको छ । यो संगै आर्थिक वर्ष २०६६ देखि कार्यान्वयनमा ल्याइएको विद्यालय क्षेत्र सुधार योजनाले लक्षित विद्यालय शिक्षा आधारभुत र माध्यमिक हुने भनी राखिएको उद्देश्य पुरा भएको छ । शिक्षा ऐन २०२८ विगतमा सात पटकसम्म संशोधन भएकोमा १५ वर्षपछि २०७३ मा आठौं संशोधन हुँदा शिक्षामा देखिएका समस्या र कठिनाई सम्बोधन भएको विश्वास गरिएको अवस्थाका ऐनमा उल्लेख भएका पक्षहरुको बारेमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले आ– आफ्नै तरिकाले व्याख्या गरिरहेका छन् । हाल प्रमाणीकरण भएको ऐनलाई मूल ऐनसंग नमिलाउँदा केही भ्रमहरु समेत देखिएका छन् । शिक्षा ऐन आठौं संशोधनमा उल्लेख भएका पक्षहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
  • No Comment to " नयाँ शिक्षा ऐनले गरेको परिवर्तन र कार्यान्वयनको पाटो "