• १० जिल्लामा ३५०० पहिरो

    Reporter: Becoming Kishor
    Published: Friday, June 24, 2016
    A- A+
    असार १०, २०७३- तराईका १० जिल्लामा फैलिएको चुरे क्षेत्रमा तीन हजार चार सय ५६ वटा पहिरो पहिचान गरिएको छ ।

    त्रिभुवन विश्वविद्यालयको वातावरण केन्द्रीय विभागले करिब एक वर्ष लगाएर गरेको अध्ययनबाट मकवानपुर, सिरहा, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, बारा, रौतहट, सर्लाही र सप्तरीमा फैलिएको चुरेमा भूक्षय पहिचान भएको हो । त्यसका लागि भूगर्भविद्, इन्जिनियर, जीआईएस विज्ञ र सामाजिक सर्भेयर परिचालन गरिएको थियो ।


    उक्त परियोजनाका संयोजक भूगर्भविद् डा. सुबोध ढकालका अनुसार मकवानपुरमा सात सय ९२ वटा पहिरो भेटिएको छ । यस्तै, सिरहामा सात सय १७, उदयपुरमा ६ सय ८४, सिन्धुलीमा चार सय ६९, सप्तरीमा दुई सय १६, रौतहटमा एक सय ६३, बारामा एक सय १०, धनुषामा एक सय चार, सर्लाहीमा एक सय तीन र महोत्तरीमा ९८ वटा पहिरो पाइएको छ ।


    जीईओ टेक्निकल इन्जिनियर डा. रामचन्द्र तिवारीले चुरेको पहिरो नियन्त्रणका लागि ५ देखि ३० लाख रुपैयाँको लागतका नमुना प्रस्तुत गरे । चुरे समितिका सदस्य सचिव डा.अन्नपूर्णानन्द दासले यस क्षेत्रको पहिरोका बारे अध्ययन कम भएकाले त्रिविलाई अध्ययन गर्न दिइएको बताए ।






  • No Comment to " १० जिल्लामा ३५०० पहिरो "