• फेसबुकमा 'भिडियो अटो प्ले' हुन नदिन यसो गर्नुस्

    Reporter: Becoming Kishor
    Published: Wednesday, June 22, 2016
    A- A+
    केही दिनअघिदेखि मात्रै फेसबुकले भिडियो अटो प्ले हुने फिचर ल्यायो । हेर्न मन लागोस् कि नलागोस् आफै जर्बजस्ती प्ले हुने भएपछि दिमाख खान सुरु गरको थियो तर अहिल्य एकदमै सित्तल अनुभुती भइरहेको छ ।

    भिडियो अटो प्ले हुने फिचरलाई डिफल्ट गरिदिएको रैछ फेसबुकले । विशेषत यूट्युवलाई टक्कर दिन पनि फेसबुकले भिडियो अटोप्लेलाई डिफल्ट गरेको हुनपर्छ ।

    आफुलाई मन लागेर हेर्नु पो हेर्नु त जर्बजस्ती भिडाउन त भएन नी । यसो गर्नुको पछाडी यस्तो कारण पनि हुनसक्छ । गएको मार्चमा फेसबुकमा अपलोड हुने भिडियोमा प्रयोगकर्ताले विज्ञापन राखेर पैसा कमाउन सक्नेछन् भन्ने समाचार आएको थियो ।

    कती यूट्युवको मात्रै भिडियो हेछौं, हाम्रोमा पनि भिडियो छ हेर न भनेर पनि भिडियो अटो प्लेमा राखिदिएको हुनसक्छ । जसका कारण अस्वभाविक भ्यू काउन्ट त बढ्ने नै भयो । भिडियो अपलोड गर्नेलाई पनि यूट्युवमा भन्दा बढी फेसबुकमा हेरिदो रैछ भान पार्न र खुसी दिन पनि यसो गरिएको हुनपर्छ ।

    प्रयोगकर्ताको न्यूजफिडमा भिडियो गयो कि अटोप्ले हुन थालिहाल्ने । तर अब चिन्तित बन्नुपदैन । फेसबुकको अटो प्ले हुने भिडियोलाई रोक्न पनि सकिन्छ । तरिका एकदमै सजिलो छ ।

    फेसबुकको सेटिङ्मा जानुस् । सेटिङ्मा क्लिक गरिसकेपछि खुल्ने पेजको तल भिडियोज् देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुस् । अटो प्ले भिडियो बटम देख्नुहुनेछ त्यहाँ डिफल्टको ठाउँमा अफ गर्ने अप्सन देख्नुहुनेछ, अफ गरिसकेपछि खेल खत्तम ।

    भिडियो अटो प्ले हुन नदिने तरिका तलको फोटोमा पनि हेर्न सक्नुहुन्छ :

    How to stop auto play facebook video

    Subjects:

  • No Comment to " फेसबुकमा 'भिडियो अटो प्ले' हुन नदिन यसो गर्नुस् "