• ‘अर्कैको निर्णयमा सरकार फेर्ने खेलमा एमाओवादी’ - कमल थापा

    Reporter: Becoming Kishor
    Published: Wednesday, May 4, 2016
    A- A+
    हेटौँडाः उपप्रधान, परराष्ट्र एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकार छाड्ने एमाओवादीको निर्णय गलत भएको बताएका छन् ।


    बुधबार गृहनगर हेटौँडामा मिडिया नेपाल मकवानपुरले गरको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘अहिलेको अवस्थामा एमाओवादीले सरकारबाट बाहिरिएर आफ्नै नेतृत्वमा सरकार बनाउने कुरा गर्नु उपयुक्त छैन ।’



    तत्काल सरकार परिवर्तन भएमा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया खतरामा पर्ने उनको थापाको भनाइ छ । ‘सत्ता केन्द्रीत फोहोरी प्रतिस्पर्धाले मुलुक अस्थिरता तर्फ धकेलिने निश्चित भएको छ’, उनले भने, ‘त्यसैले सरकार छाड्ने बिषयलाई पुनर्विचार गर्न एमाओवादी अध्यक्ष प्रचण्डलाई हामी आग्रह गर्छौ ।’


    प्रचण्ड जस्तो व्यक्तिले पदको लोभमा परेर शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा अवरोध पु¥याउन नहुने उनको तर्क छ ।


    सरकार परिवर्तनको हल्लाले गम्भीर प्रश्नहरु खडा गरेको बताउँदै थापाले भने, ‘महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी माओवादीसँगै हुँदा पनि सरकार परिवर्तनको खेलमा लाग्नु माओवादी आफैँको निर्णय नहुन पनि सक्छ ।’


    नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने समयमा सरकार परिवर्तन हुनु दुखद् हुने थापाको भनाइ छ । प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भए सरकारमा भाग लिने वा नलिने पार्टी पदाधिकारी बैठकले टुङ्गो लगाउने उनले बताए ।

    Subjects:

  • No Comment to " ‘अर्कैको निर्णयमा सरकार फेर्ने खेलमा एमाओवादी’ - कमल थापा "