• बालुवाटार पुगेरै दाहालले ओलीलाई भने– मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव आएको छ

    Reporter: Becoming Kishor
    Published: Tuesday, May 3, 2016
    A- A+
    काठमाडौं, वैशाख २२ । सत्ता साझेदार नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच असमझदारी बढ्दै जाँदा सरकार परिवर्तनको खेल सुरु भएको छ । एमाले नेतृत्वको सरकार भूकम्पपछिको पुनर्स्थापना तथा शान्तिप्रक्रियामा गम्भीर नभएको आरोप एमाओवादीले लगाएपछि प्रधानमन्त्री ओलीप्रति उसको असन्तुष्टि सतहमै देखिएको हो ।

    गएराति अबेरसम्म बालुवाटारमा भएको एमाले र माओवादीबीचको बैठकमा एमाओवादीले एमालेले काम गर्न नसकेको आरोप लगाएको हो । सत्ता गठबन्धनमा असमझदारी बढेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बालुवाटारमा बैठक डाकेका थिए ।

    बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका तर्फबाट आफूलाई सरकारको नेतृत्व लिन प्रस्ताव आएको खुलासासमेत गरे । भूकम्पपछिको पुनर्निर्माण, शान्ति प्रक्रियासहितका काम यो सरकारबाट हुन नसकेको भन्दै कांग्रेसले सरकार परिवर्तनका लागि पहल गरिरहेको उनको भनाई थियो ।

    बैठकमा एमालेबाट प्रधानमन्त्री ओलीसहित नेताहरु माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, भीम रावल र विष्णु पौडेल तथा एमाओवादीबाट अध्यक्ष दाहालसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल र हरिबोल गजुरेल सहभागी थिए ।

    Subjects:

  • No Comment to " बालुवाटार पुगेरै दाहालले ओलीलाई भने– मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव आएको छ "