• राजधानीको मित्रपार्कमा ट्यांकर र भ्यान ठोक्किदा पाँचजना घाइते

    Reporter: Becoming Kishor
    Published: Tuesday, May 3, 2016
    A- A+
    काठमाडौं, वैशाख २२ । काठमाडौंको मित्रपार्कमा आज पानी ट्यांकर र भ्यान आपसमा ठोक्किदाँ ५ जना घाइते भएका छन् ।

    भ्यान चालक कपनमा बस्दै आएका ओखलढुङ्गा श्रीचोरका अवन नेपाल, भ्यानमा सवार कपनमै बस्ने रामेछाप हिलेकी चन्द्रकला श्रेष्ठ, झापाकी कविता श्रेष्ठ, काभ्रे देउपुरका रत्न बहादुर डोटेल र बाग्लुङ्गका दिल बहादुर खड्का घाइते भएका हुन् ।

    घाइतेहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    बा२ख ९१३७ नम्बरको पानी ट्यांकर र बा१३च ६८२२ नम्बरको डेलीभरी भ्यान आज विहानै साढे ३ बजे आपसमा ठोक्किएका थिए । दुर्घटना पश्चात फरार रहेका ट्यांकर चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Subjects:

  • No Comment to " राजधानीको मित्रपार्कमा ट्यांकर र भ्यान ठोक्किदा पाँचजना घाइते "