• लिचेस्टरको प्रतिक्षा लम्बिँदो

    Reporter: Becoming Kishor
    Published: Sunday, May 1, 2016
    A- A+
    लन्डन– उपाधी उचाल्ने लक्ष्य सहित म्यानचेस्टर युनाइटेड भ्रमणमा निस्केको लिचेस्टर सिटीले ओल्ड ट्राफोर्डमा आइतबार १–१ को बराबरी खेलेपछि उपाधी टुंगोका लागि अर्को सातासम्म कुर्नु पने भएको छ।



    तथापी सोमबार चेल्सीले स्टामफोर्ड ब्रिजमा दोस्रो स्थानको टोटेनह्यामलाई पराजित गरे लिचेस्टरको उपाधी पक्का हुनेछ । लिगमा दुई चरणका खेल बाँकी रहँदा लिचेस्टर ७७ अंकका साथ पहिलो स्थानमा छ । जुन दोस्रो स्थानको टोटेनह्याम भन्दा ८ अंकले अगाडी हो । टोटेनह्याम १९९० यता उपाधीविहिन छ ।



    new_Lancaster_City

    एन्थोनी मार्टियलले आठौं मिनेटमा गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । तर त्यसको ९ मिनेट वित्न नपाउदै लिचेस्टरका कप्तान वेस मोर्गानले बराबरी गोल फर्काएका थिए।

    युनाइटेड भ्रमण लिचेस्टरका लागि सुखद हुन सकेन । खेल सकिन ४ मिनेट बाँकी रहँदा रक्षक डानियल ड्रिङकवाटरले दोस्रो पँहेलो कार्ड समना गरेपछि भ्रमणकारी टोली दश खेलाडीमा सिमित बनेको थियो ।

    'आज निकै कठिन रह्यो । युनाइटेडले हामीलाई दबाबमा राख्यो तर हामीले अंक लियौं, यो निकै महत्वपूर्ण हो । हामी सही बाटोमा छौं,' मोर्गानले भने, 'ओल्ड ट्राफोर्डमा गोल गर्दा खुशी लाग्यो । उपाधीका लागि अझै हामीसँग दुई खेल बाँकी छन् ।'

    यता स्वान्सी भ्रमणमा रहेको लिभरपुल ३–१ ले पराजित भयो । स्वान्सीका लागि आन्द्रे अयूले २ तथा ज्याक कोर्कले १ गोल गरे । क्रिस्टियन बेन्केटेले गरेको गोल लिभरपुलका लागि सान्त्वना भयो । ब्राड स्मिथले दुई पँहेलो कार्ड सामना गरेपछि लिभरपुल अन्तिम १४ मिनेट १० खेलाडीमा सिमित भएको थियो ।

    अघिल्लो दिन वैकल्पिक खेलाडी ड्यानी वेलब्याकको गोलमा आर्सनलले रेलिगेसनबाट बाच्न संर्घषरत नर्विच सिटीलाई १–० ले पारजित गरेको छ । जितसँगै आर्सनलले शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ ।

    आर्सनलका लागि ओलिभर जिरौडको पासमा वेलब्याकले ५९ औं मिनेटमा गोल गरेका थिए । उनी ३ मिनेट अघिमात्र मैदान प्रवेश गरेका थिए । नर्विच सिटी पुछारबाट दोस्रो स्थानमा छ ।

    शनिबारै आन्द्रेस टाउनसेन्डले फ्रि–किकमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ । टाउनसेन्डले ५८ औं मिनेटमा गोल गरेका थिए । ७०औं मिनेटमा योहान काबाए पेनाल्टीमा गोल गर्न चुकेपछि क्रिस्टल प्यालेसले हार टार्न सकेन ।

    अन्य खेलमा वेस्ट ह्यामले वेस्ट ब्रोमलाई ३–० ले हरायो भने वाट्फोर्डले रेलिगेसनमा परेको एस्टन भिल्लामाथि ३–२ को विजयी नतिजा निकाल्यो । स्टोक सिटी र सन्डरल्यान्डले १–१ को बराबरी खेल्दा एभर्टनले बर्नामाउथलाई २–१ ले हरायो।

    Subjects:

  • No Comment to " लिचेस्टरको प्रतिक्षा लम्बिँदो "