• अग्निपीडितका पक्षमा सरकारको ठूलो निर्णय, पीडितले राहत पाउने

    Reporter: Becoming Kishor
    Published: Sunday, May 1, 2016
    A- A+
    काठमाडौं, २० वैशाख । मुलुकभरि सुख्खा र गर्मीका कारण आगलागीका घटना बढीरहेका बेला सरकारले आगलागी पीडितलाई घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ ।

    dadkdslogo

    सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आगलागीबाट घर पूर्णरुपले क्षति पुगेका पीडितहरूलाई प्रतिपरिवार दुई बन्डल जस्तापाता दिने निर्णय गरेको हो । राहत जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत उपलब्ध गराइनेछ ।

    राहत गत मंसिर मसान्तयता आगलागीबाट पूर्णरुपमा घर क्षति भएकाहरूले मात्रै पाउनेछन् ।

    Subjects:

  • No Comment to " अग्निपीडितका पक्षमा सरकारको ठूलो निर्णय, पीडितले राहत पाउने "