• १५ लाख फिर्ता गर्नुपर्ने भएपछि गाडीले किचाएर हत्या

    Reporter: Becoming Kishor
    Published: Friday, April 8, 2016
    A- A+


    तुलसीपुर (दाङ)—घोराही निवासी ३८ वर्षीय विष्णु महरालाई बीभत्स ढङ्गले हत्या गरेको दाङ प्रहरीको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश शर्माले महराको हत्या गाडीले किचेर बीभत्स ढङ्गले गरेको विहिबार पत्रकारसम्मेलन गरेर जानकारी दिए।






    महराको हत्या लेनदेनको विषयलाई लिएर सौँडियार–३ निवासी २९ वर्षीय मिहाल भनिने खिमबहादुर डाँगीले गाडीको प्रयोग गरेर गरेको शर्माले प्रहरी अनुसन्धानबाट खुलेको जानकारी दिए। डाँगी मालिका कालिका प्रालि घोराही बुकिङ काउन्टरका इन्चार्ज पनि हुन्।

    प्रहरी नायब उपरीक्षक शर्माका अनुसार महराबाट डाँगीले व्यक्तिगत रुपमा १५ लाख रुपैयाँ सापटी लगेका थिए। उक्त रकम फिर्ता गर्नुपर्ने भएपछि डाँगीले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको शर्माले बताए।

    महराको हत्या गर्नका लागि आरोपित डाँगीले घोराही–११ निवासी पदम शर्माको वा ९ च २९३ नंको टोयोटा हाइलक्स गाडी एक घन्टाका लागि काम छ भन्दै गत चैत १५ गते बेलुका ८ बजे लगेको र सोही गाडी प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

    महराको हत्या लागूऔषध खुवाएर लठ्ठ पारेर वा रक्सीसेवन गराएर हो त्यसको रगत रिपोर्ट भने आउन बाँकी रहेको शर्माले बताए। रोल्पा जेदवाङ–३ स्थायी घर भई हाल घोराहीमा आफन्तको घरमा बस्दै आएका महरा गत चैत १६ गते घोराही–४ को चौघेराको डवरीमा गाडीले किचेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए। हत्याको आरोप लागेका डाँगीलाई म्याद थप गरेर थप अनुसन्धान गरिरहेको शर्माले जानकारी दिए। रासस

    Subjects:

  • No Comment to " १५ लाख फिर्ता गर्नुपर्ने भएपछि गाडीले किचाएर हत्या "