• जर्मनीमा नेपाली नाटक मञ्चन हुँदा तालीको गुञ्जयमान

    Reporter: Becoming Kishor
    Published: Sunday, March 27, 2016
    A- A+
    काठमाडौं, चैत ९ । सर्वनामको नाटक मुक्ति जर्मनीको ३२ औं अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको छ । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै नाटक ‘मुक्ती’ मञ्चन गरिएको हो ।

    नाटक जर्मनीको फ्रेडिकसाफे स्थित मानेजेन थिएटरमा मञ्चन थियो । महिला माथी हुने विभिन्न हिसांमा आधारित बनाएर तयार पारीएको नाटक मुक्ति मञ्चनपश्चात करिव पाँच मिनेट तालीले हल गुञ्जयमान भएको थियो ।

    सवादंविहीन संगीत र हाउभावबाट मात्रको प्रस्तुती गरिएको नाटकमा जमर्नीका दर्शकले आफ्नो जिवनमा र समाजमा समेत मेल खाने नाटक भन्दै कलाकार र निर्देशकको प्रशंसा गरेका थिए ।

    करिव एकघण्टा लामो नाटक पश्चात प्रतिक्रिया दिदैं निर्देशक अशेष मल्लले नेपाली रंगमञ्च समृद्घ बन्दै गरेकोे दर्शकको प्रतिक्रिया वाट महशुस भएको र नेपाली रंगमञ्चले विश्वसामु ठाडो शिर पारेर हेर्ने हैसियत वनाएको भान भएको बताए ।

    साथै नाटक मञ्चन पश्चात भएको अन्तर्रक्रियामा जमर्नीका रंगकर्मीहरुले भुकम्प पश्चात नेपालमा रंगमञ्चको स्थिती के कस्तो रह्यो अहिले को स्थिती के कस्तो छ जस्ता प्रश्नहरु गरेका थिए ।

    करिव एक महिनाको कार्यशाला पश्चात तयार गरिएको उक्त नाटकमा नारीमाथि हुने विभिन्न हिसांलाई विम्वबाट प्रस्तुत गरिएको थियो । सर्वनामका अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटक मा श्याम खड्का, दिपेश पौडेल, साधना भण्डारी र अभिनीत मल्लको अभिनय रहेको थियो ।

    Subjects:

  • No Comment to " जर्मनीमा नेपाली नाटक मञ्चन हुँदा तालीको गुञ्जयमान "